काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले वैकल्पिक राजनीति आवश्यक भएको बताएका छन्।
उनले आज विवेकशील साझा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा बोल्दै मुलुकको नीति निर्माण गर्ने थलो राजनीति भएकाले युवा वर्गको सहभागिता अनिवार्य रहेको बताए।
अध्यक्ष भट्टराईले भने,’नीति निर्माण गर्ने थलो राजनीति नै हो।यसमा सबै सहभागी हुनुपर्छ। विश्वका राम्रा अनुभव सिकौं र नेपाल बनाउन लागौं। अबको राजनीतिमा युवाहरूको खाँचो छ।’
उनले देश विकास नभएसम्म जनताले न्याय नपाउने बताउँदै डा।भट्टराईले जनताको सहभागीता राज्यका साधन स्रोतमा भएपछि मात्रै मुलुको विकास हुने स्पष्ट पारे।







प्रतिक्रिया लेख्नुहोस्:-