काठमाडौं । नेपाल चिकित्सक संघले भोलि (आइतबार) देशभरका स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ । उसले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला स्वास्थ्यकर्मीमाथि प्रहरीबाट भएको ज्यादतीविरुद्ध यस्तो कदम उठाएको हो ।
संघले शनिबार विज्ञप्ति जारी गरी २७ माघमा राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा।जनिथलाल सिंहमाथि राष्ट्रपतिको सवारीका बेला प्रहरीले लाठी चार्ज गरी घाइते बनाएको विरोधमा देशभरका स्वास्थ्य संस्था ठप्प पार्ने निर्णय गरेको हो।
संघ अध्यक्ष डा.लोचन कार्की र महासचिव डा. बद्री रिजालद्वारा हस्ताक्षर विज्ञप्तिमा भनिएको छ, ‘२७ माघ २०७९ मा नेपाल चिकित्सक संघका आजीवन सदस्य एवं राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा.जनिथलाल सिंहलगायत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि प्रहरीले लाठ्ठीजार्च गरी घाइते बनाएको घटनाप्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ।’







प्रतिक्रिया लेख्नुहोस्:-