स्यानफ्रान्सिस्को,फेब्रुअरी १० । परदेशमा रहेका नेपाली युवावर्गको प्रतिनिधित्व गर्ने ‘द वाइड जोन’ले हिमु गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । हालै सम्पन्न निर्वाचनले पराजुलीको अध्यक्षतामा दुई वर्षे कार्यकालको (२०२६ २०२८) को लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको ‘द वाइड जोन’का पूर्व अध्यक्ष हरि ओझाले बताए ।
नवनिर्वाचित उपाध्यक्षहरुमा साइमन रेग्मी र स्मृति पौडयाल चयन भएका छन् भने अविशेक अधिकारी महासचिवमा निर्वाचित भएका छन् ।
नयाँ कार्य समितिको सचिवमा रोशन खड़का सचिव चयन भएका छन् भने नयन पाण्डे कोषाध्यक्ष चयन भएका छन ।
कार्यसमितिको बोर्ड सदस्यहरुमा अविशेक ज्ञवाली, शिवु भण्डारी, निरज आचार्य, फिन्जो शेर्पा (मिडिया को-आर्डिनेटर), इनिश भुषाल, सुमन गैरपिप्ले र विवश दवाडी चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष गौतमले ‘द वाइड जो’न युवाहरुको प्रतिनिधिमुलक संस्था भएकाले नेपाली समुदाय र युवावर्गविच शिक्षा, रोजगार र संस्कृति लगायतका विषयमा समन्वय गर्ने बताए । ‘हाम्रो मूल उद्देश्य विदेशमा रहेका युवावर्गमा आपसी सम्बन्ध विस्तार गर्ने र युवाशक्तिलाई संस्थागत ढंगवाट अगाडि बढाउने हो र हामी समुदायसंग मिलेर काम गर्नेछौ’उनले दूरविनसँग भने ।







प्रतिक्रिया लेख्नुहोस्:-