काठमाडौं । संघीय संसद अन्तर्गतको महत्त्वपूर्ण समितिमध्ये एक राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठक एस्कासी स्थगित गरिएको छ । नेपाली कांग्रेसले भने सभामुख अग्निप्रसाद सापकोटाले अनाबश्यक हस्तक्षेप गरेर बैठक रोकेको आरोप लगाएको छ ।
‘समिति माओवादीको भागमा रहेका भए पनि कतै कांग्रेसको हातमा जाने त होइन भन्ने त्रासमा सभामुखले बैठकमा हस्तक्षेप गरे’ कांग्रेसका एक सांसदले भने ।
मुलुकको सुरक्षा व्यवस्था, सार्वजनिक प्रशासन, स्वच्छ निर्वाचन, संवैधानिक आयोगहरूको प्रभावकारिता तथा शान्ति प्रकृयासँग सम्बन्धित निकायका क्रियाकलापलाई संसदीय निगरानी गर्ने राज्य व्यवस्था समिति अहिले सभापतिविहीन छ ।
माओवादीको भागमा परेको समितिको सभापति शशी श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बनेसँगै सभापति पद खाली भएपछि गत बुधबारको बैठकले जेष्ठताका आधारमा कांग्रेस सांसद देवेन्द्रराज कँडेलले अध्यक्षता गर्ने गरी आजका लागि बैठक बोलाइएको थियो ।
‘
प्रतिक्रिया लेख्नुहोस्:-