दूरबिन नेपाल, न्युयोर्क
पछिल्लो समय न्युयोर्कका प्रहरीमाथी हत्या प्रयास तथा अभद्र व्यवहार भएपनि त्यसको रोकथामको लागि न्युयोर्कका मेयरले प्रभावकारी कदम नचालेको भन्दै प्रहरी परोपकार संस्था आक्रोशित बनेको छ । न्युयोर्क प्रहरी परोपकार संस्था अर्थात सर्जेन्ट बेनोभेलेन्ट एशोसियसनका अध्यक्ष एड मुलिंन्सले मेयर बिल डे ब्लाजिओको विरुद्धमा ट्वीटमार्फत अपमानित शब्द प्रयोग गर्दै एक किसीमको युद्धको घोषणा गरेको बताएका छन । उनले ट्वीटमा मेयरमाथी निकै आक्रोशित शब्द प्रयोग गरेका छन । उनले न्युयोर्कमा प्रहरीमाथीको आक्रमणको दोषपनि मेयरलाइ लगाउदै घाइते प्रहरीलाई भेटन अस्पताल नआउन समेत भनेका छन । उनले मेयरलाई सम्मान पनि नगर्ने बताएका छन । संस्थाका अध्यक्ष मुलिंन्स राष्ट्रपति डोनल्ड ट्रम्पलाई भेटन ह्वाइट हाउस पुगेका छन । ह्वाइट हाउसमा कसलाई भेटे भन्ने पुष्टि नभएपनि परोपकार संस्थाका अध्यक्षले ह्वाइट हाउस बाहिरको आफ्नो तस्विर सार्वजनिक गरेका छन । उनले आफ्नो समर्थनमा राष्ट्रपति ट्रम्प भएको उल्लेख गरेका छन । पछिल्लो समय न्युयोर्कमा प्रहरीमाथी आक्रमणका घटनामा बृद्धि भएपछि प्रहरी परोपकार संस्था मेयरप्रति आक्रोशित बनेको छ ।
यसैगरि न्युयोर्क प्रहरीका प्रमुख डर्मोट शियाले प्रहरी परोपकार संस्थाको पछिल्लो गतिविधिको आलोचना गरेका छन । शियाले परोपकारी संस्थाको ट्वीट विभाजनकारी भएको र यसले न्युयोर्कको असुरक्षा बढ्ने जनाएका छन । यस्तो धम्कीले हिंशालाई प्रोत्साहित गर्ने बताएका छन । न्युयोर्कका मेयर र प्रहरी परोपकार संस्थाको सम्बन्ध पहिलेदेखि नै राम्रो हुन सकेको छैन । मेयर ब्लाजियो निर्वाचनमा लड्नु अघिनै उनको विरुद्ध प्रहरीको संस्थाले अभियान चलाएको थियो । त्यसैगरि यो संस्थाले पहिलेका मेयरहरुसंगपनि राम्रो सम्बन्ध राख्न सकेको इतिहास छैन । अधिकांश मेयरसंग नराम्रो सम्बन्ध भएको न्युयोर्क प्रहरी परोपकार संस्थाको पछिल्लो समय बर्तमान मेयरसंग देखिएको विवादपनि नौलो नरहेको टिप्पणी गरीएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-