Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

डिपिएलः सिवाईसी अत्तरीयाद्वारा रुपन्देही पराजित, बर्षाका कारण  महेन्द्रनगर र विराटनगरबीचकाे खेल अबरुद्द 

फाल्गुन २, २०७५ १:३० मा प्रकाशित
डिपिएलः सिवाईसी अत्तरीयाद्वारा रुपन्देही पराजित, बर्षाका कारण  महेन्द्रनगर र विराटनगरबीचकाे खेल अबरुद्द 
Share on FacebookShare on Twitter

धनगढी ।  धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करणमा रुपन्देहीलाई पहिले हार चखाउँदै सिवाईसी अत्तरीयाको लगातार दोस्रो जित दर्ता गरेको छ । सीवाइसी अत्तरियाले रूस्लान धनगढी प्रमियर लिग (डीपीएल)– ३ को बिहीबारको खेलमा रुपन्देही च्यालेन्जर्सलाई ३९ रनले पराजित गरेको हो । अत्तरियाको यो लगातार दोस्रो जित हो भने रुपन्देहीको लगातार दोस्रो जित पछिको हार हो ।

टस जितेर ब्याटिङ रोजेको अत्तरियाले फाप्ला क्रिकेट मैदानमा निर्धारित २० ओभर खेलेर ९ विकेट गुमाएर १२१ रन बनायो । अत्तरियाका कप्तान दीपेन्द्रसिंह ऐरीले यस प्रतियोगिताको व्यक्तीगत उच्च स्कोर बनाउने क्रममा ६७ रन जोडे । ५० बल खेलेका उनले १० चौका र १ छक्का प्रहार गरे । उनले रित गौतमसाग तेस्रो विकेटमा ५७ रनको साझेदारी गरे । रितत सहित सुबेन्दु पाण्डे र सन्नी पटेल समान १२ रन बनाए । रुपन्देहीका ललितसिंह भण्डारीले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । त्यस्तै विक्रम सोवले २ तथा कप्तान बसन्त रेग्मी र पुनित मेहराले १÷१ विकेट लिए ।


जवाफी ब्याटिङमा आएको रुपन्देहीले २० ओभरमा सबै विकेट गुमाउँदै ८२ रन मात्रै बनाउन सक्यो । रुपन्देहीका सुमित महर्जनले सर्वाधिक २२ रन बनाए । प्रदीप ऐरी १४, सन्दीप सुनार १५, विनोद भण्डारी १०, विक्रम सोव १४ रन बनाउँदै आउट भए । रुपन्देहीका विदेशी खेलाडीद्वय बाबर हायत र पुनित मेहरा शुन्यमा आउट भए । भीम सार्की, बसन्त रेग्मी र ललितसिंह भण्डारीले समान १ रनमा आउट भए । बलिङतर्फ अत्तरियाका सन्नी पटेल, भुवन कार्की, दीपन्द्रसिंह ऐरी र देवेन्द्र रावतले २÷२ विकेट लिए । कमलसिंह ऐरीको नाममा १ विकेट लिए ।

यस्तै बिहीबार नै भएको विराटनगर किंग्स र महेन्द्रनगर युनाइटेडबीच भएको दोस्रो खेल वर्षाले रद्द भएकोे छ । टस जितेको विराटनगरले १८.३ ओभरमा ७ विकेट गुमाएर ८२ रन बनाएको समयमा खेल वर्षाले रोकिएको थियो । त्यसपछि पनि निरन्तर पानी परिरहेपछि खेल रद्द रिएको थियो । दुवै टोलीले १÷१ अंक बाँडेका छन् । विराटनगरले ३ खेलमा ३ अंक जोडेको छ । पहिलो २ खेल हारेको महेन्द्रनगरको यो पहिलो अंक हो ।

विराटनगरबाट ओपनर असादउल्ला खानले १९ रन बनाए । २३ बल खेलेका उनले ३ चौका र पहिलो ओभरमा मोहम्मद नाविदलाई १ छक्का प्रहार गरे । पृथु बाँस्कोटा १४, अविनाश यादव १३ र तृतराज दास १२ रनमा आउट भए ।

माथिल्लो क्रममा ओपनर आसिफ शेख शुन्य, हरिशंकर साह ५ र कुशल भूर्तेल ३ रन बनाएर आउट भए । कप्तान करण केसी ६ बलमा १ छक्का प्रहार गरी ९ रनमा अविजित रहे । महेन्द्रनगरका सागर ढकालले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । नाविदले १ विकेट लिए । शुक्रबार विश्रामको दिन रहेको छ ।

 

यस्तो छ अंक तालिका

रुस्लान धनगढी प्रिमियर लिगको चार दिनसम्म सकिएका खेलहरुको आधारमा सिवाईसी अत्तरीया शिर्ष स्थानमा रहेको छ । खेलका दुवै खेलमा जित निकालेको अत्तरीया चार अंक सहित अंक तालिकाको पहिलो स्थानमा रहेको हो । अत्तरियासँगै अपराजित रहेको काठमाण्डौं गोल्डेन्स अंक तालिकाको दोस्रो स्थानमा रहेको । समान चार अंक रहेपनि रन रेटका आधारमा दोस्रो स्थानमा रहेको छ ।

तेस्रो स्थानमा रुपन्देही च्यालेन्र्स रहेको छ । तीन खेलमा दुई खेलमा जित निकालेको र एक खेलमा हार व्यहोरेको रुपन्देहीको पनि चार अंक रहेको छ । चौथो स्थानमा रहेको विराटनगर किंग्सको तीन अंक रहेको छ । तीन खेलमा एकमा जित एकमा हार र एमा अंक बाडेको विराटनगरपछि पाँचौ स्थानमा महेन्द्रनगर युनाईटेड रहेको छ । दुई खेलमा जित विहीन रहेको महेन्द्रनगरको एक अंक रहेको छ । पहिलो खेलमा हार व्यहोरेको महेन्द्रनगरले दोस्रो खेलमा अंक बाँडेको हो । अंक तालिकाको पुछारमा रहेको धनगढी स्टार्स भने जित विहीन रहेको छ । खेलका तीनवटै खेलमा हार व्यहोरेका धनगढीले कुनै अंक जोड्न सकेको छैन् ।

फाेटाे : कुशल अधिकारी 

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result