Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

‘भेनेजुयला सङ्कट कम गर्न अमेरिका कोलम्वियाबीच सहकार्य हुने’

फाल्गुन २, २०७५ १:४८ मा प्रकाशित
विद्यालयको कार्यक्रममा भागदौड हुदा १७ को मृत्यु
Share on FacebookShare on Twitter

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा अमेरिका भ्रमणमा रहेका कोलम्बियाका राष्ट्रपति इभान डुकले भेनेजुयलाका बिषयमा सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको घोषणा भएको छ । दुई नेताबीच भेनेजुयलाका बिषयमा सहकार्यको महत्व र दुईपक्षीय सम्बन्धलाई मजबुत पार्ने सहमति भएको अमेरिकी सञ्चारमाध्यमले बताइएका छन् ।

भेटपछि पत्रकारलाई दिइएको संयुक्त प्रतिक्रियामा राष्ट्रपति ट्रम्पले भेनेजुयलाको अवस्थालाई ‘हलचलपूर्ण’ भन्नुभएको छ । यस्तो परिस्थितिमा भेनेजुयला (मदुरो) ले मानवीय सहयोग अस्वीकार गर्नु ‘भयङ्कर गल्ती’ भएको ट्रम्पको भनाई रहेको छ ।

ट्रम्पले कोलम्बियाका राष्ट्रपतिसँगको आफ्नो बैठक भेनेजुयलाबारेको छलफलमा समर्पित बनेको बताउनुभयो भने डुकले वासिङ्टन र बोगोटाबीच भेनेजुयलाबारे छलफल जारी रहने बताउनुभयो ।

भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोले कक्बोडियाका नेता डुक र अमेरिकी राष्ट्रपति ट्रम्पबीच भएको बुधबारको बैठकलाई ‘भेनेजुयला विरोधीको भोज’ को सज्ञा दिनुभएको छ ।

भेनेजुयलाबारे आगामी नीतिमा ट्रम्प अस्पष्ट देखिनुभएको छ । के भेनेजुयलामा सैनिक समाधान विकल्प हो भन्नेबारे सञ्चारकर्मीको प्रश्नमा ट्रम्पले भन्नुभयो, “धेरै विकल्पहरू छन् र हामी सबै विकल्पलाई हेरिरहेका छौँ ।”

बुधबारै अमेरिकी प्रतिनिधि सभाको विदेश मामिला हेर्ने समितिलाई दिएको प्रतिक्रियामा भेनेजुयलाका लागि अमेरिकी विशेष प्रतिनिधि एलिअट अब्राम्सले भेनेजुयलामा अमेरिकाको सैनिक विकल्पको प्रयोग नहुने बताउनुभयो ।

“यतिबेला हामीले विकल्पहरूलाई टेबलमा छन् भनेर भनेका छौँ किनकि समस्याको समाधान सधैँ वार्ताबाट नै हुने गर्छ,” अब्राम्सले भन्नुभयो । संसदको विदेश मामिला समितिका अध्यक्ष एलिअट एन्जेलले पनि सोही छलफलमा भन्नुभयो, “भेनेजुयलामा अमेरिकी सैनिक हस्तक्षेप विकल्प होइन ।”

मङ्गलबार रूसी विदेशमन्त्री सर्गेइ लाभरोभले अमेरिकी विदेशमन्त्रीसँगको टेलिफोन वार्तामा भेनेजुयलामा शक्तिको प्रयोग वा अन्य किसिमको अमेरिकी हस्तक्षेपको विरोध गर्नुभएको थियो ।

रूसले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा अमेरिकी प्रस्तावको विरूद्ध भेनेजुयला सङ्कट समाधानार्थ वार्ताको लागि सङ्कल्प प्रस्ताव पेश गर्ने तयारी गरेको लाभरोभले बताउनुभएको थियो ।

यसैबीच भेनेजुयलाका विदेशमन्त्री जर्ज अरेइजाले दुई दिन पहिले भेनेजुयलामा आन्दोलनरत पक्षसित कुनै पूर्वशर्तविना नै वार्तामा बस्न र राजनीतिक सङ्कट टार्न आफ्नो सरकार तयार रहेको बताउनुभएको थियो ।

अमेरिकी ट्रम्प प्रशासनले भेनेजुयलाका विपक्षी नेता हुँवा गुएइदो, जसले केही समय पहिले आफूलाई ‘अन्तरिम राष्ट्रपति’ का रूपमा घोषणा गरेका थिए, लाई मान्यता दिएका थिए । निर्वाचनबाट भेनेजुयलाको राष्ट्रपति निर्वाचित मदुरोले नयाँ कार्यकालको सपथ लिएको दुई सातापछि विकशित नयाँ राजनीतिक समिकरणका कारण भनेजुयलाले विश्वको ध्यान खिचेको छ ।

वासिङ्टनको समर्थन गुइएदोलाई रहेपछि मदुरोले अमेरिकासँगको कूटनीतिक तथा राजनीतिक सम्बन्धलाई थप कडा पारेको बताउनु भएको थियो । उहाँले भेनेजुयलामा कार्यरत अमेरिकी कूटनीतिज्ञ तथा महाबाणिज्यदूतलाई ७२ घण्टाभित्र देश छोड्न निर्देशन दिनुभएको थियो । (रासस÷सिन्ह्वा) 
 फाइल फाेटाे 

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result