काठमाडौं । वरिष्ठ साहित्यकार तारानाथ शर्माको आज (मंगलबार) बिहान निधन भएको छ । ८७ वर्षीया शर्मा डिमेन्सिया (बिर्सने रोग), उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए । शर्माको आफ्नै घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
नेपाली साहित्यमा झर्रोवादी आन्दोलनका अभियन्ता समेत रहेका शर्माका बेलायततिर बरालिँदा, घनघस्याको उकालो काट्दा लगायत कृति चर्चित छन् ।२०२६ सालको मदन पुरस्कार विजेता शर्माको मंगलबार मध्याह्न १२ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा. डा. जगमान गुरुङले जानकारी दिए । उनको शवलाई घरबाट प्रतिष्ठानमा नल्याई सिधै पशुपति आर्यघाट लैजाने कार्यक्रम रहेको उनले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-