काठमाडौं । धेरै लामो बहस र छलफलपछि सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले एमसीसी परियोजनालाई संसद्मा पेश गर्ने निर्णय गरेको छ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाका अनुसार बैठकले भोलिको संसद बैठकमा एमसीसी परियोजना संसद्मा पेश गर्ने निर्णय गरेको हो ।
सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले एमसीसी नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको अघिल्लो सरकारले संसद्मा दर्ता गराएको प्रस्तावको स्मरण गर्दै ओली सरकारले दर्ता गरेको एमसिसी सम्झौता अनुमोदनसम्बन्धी प्रस्तावबारे प्रतिपक्षमै हुँदा पनि कांग्रेसले निर्णय लिइसकेको बताए।
नयाँबानेश्वरस्थित संसद् भवनमा आयोजित संसदीय दलको बैठकपछि कांग्रेसका नेताहरूले एमसिसी पास गर्नुपर्ने जोड दिएका छन्।
प्रतिक्रिया लेख्नुहोस्:-