Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

विनिता राईले जितिन् प्रो कार्ड, अमेरिकामा हुने ओलम्पियामा प्रतिस्पर्धा गर्न पाउने

फाल्गुन ४, २०७५ २:०८ मा प्रकाशित
विनिता राईले जितिन् प्रो कार्ड, अमेरिकामा हुने ओलम्पियामा प्रतिस्पर्धा गर्न पाउने
Share on FacebookShare on Twitter

–कुमार चौलागाईं

काठमाडौँ ।  नेपालकी विनिता राईले आइएफबिबी प्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिपमा २०१९ को ‘ओमेन फिजिक’मा स्वर्ण जितेकी छिन् । आज यहाँ सम्पन्न प्रतिस्पर्धामा उनले आफ्नो स्पर्धा उनले एक मात्र सहभागी बन्दै ‘प्रो कार्ड’ जित्न सफल भएकी हुन् ।

नेपालमा पहिलोपटक आयोजना भएको प्रतियोगितामा स्वर्ण जितेसँगै विनिताले अमेरिकाको लास भेगासमा हुने मिस्टर ओलम्पियामा भाग लिन पाउने छिन् । बडिबिल्डिङको सबैभन्दा ठूलो प्रतियोगिता मानिने मिस्टर ओलम्पियामा भाग लिन ‘प्रो कार्ड’ आवश्कता पर्छ ।

प्रो क्वालिफायरमा ‘मेन्स फिजिक’, ‘मेन्स क्लासिक फिजिक’, ‘मेन्स बडिबिल्डिङ’ र ‘वुमन पिजिक’ गरी चार इभेन्टमा प्रतिस्पर्धा भएको थियो । यस्तै मेन्स बडिबिल्डिङको प्रो कार्ड इङ्ग्ल्यान्डका जानी डो रिगोल जितेका छन् । ‘मेन्स फिजिक’को प्रो कार्ड भारतका सौराम्ती सिंहले जिते । उनले अन्तिम प्रतिस्पर्धामा रहेका तीन खेलाडीलाई पछि पारेका थिए ।

‘मेन्स क्लासिक फिजिकको प्रोकार्ड सिरियाका अमिर हुसेन सैलादिनले हात पारेका छन् । प्रो कार्ड जितेका चार बडिबिल्डरले अब आगामी सेम्टेम्बरमा अमेरिकामा हुने हुने मिस्टर ओलम्पियामा भाग लिने अवसर पाउनेछन् । प्रतियोगितामा नेपालसहित भारत, कतार, सिरिया, साउदी अरेबिया, युएइलगायत मुलुका खेलाडी नेपाल आएका थिए । प्रतियोगिताका ‘गेष्ट पोजर’को विश्व विख्यात बडिबिल्डर रोली विङ्कलर पनि नेपालमै छन् । प्रतियोगिताका लागि अमेरिका, डेनमार्क, आयरल्याण्ड र नेदरल्याण्ड्सका गरी चार जना निर्णायकमण्डल नेपाल आएका थिए ।

च्याम्पियनशिपमा ५० देखि ६० खेलाडीले सहभागिता जनाउन नाम दर्ता गराए पनि सहभागीको सङ्ख्या कम भएको आयोजक संस्थाका अध्यक्ष एवं पूर्व धर्मश्री विजेता सानु गुरुङले जानकारी दिनुभयो । नेपाल यसअघि यो संस्थामा आबद्ध थिएन । त्यसैले नेपाली खेलाडी ‘मिस्टर ओलम्पिया’ मा भाग लिने अवसरबाट बञ्चित थिए । अब नेपाली खेलाडीले पनि ‘प्रो कार्ड’ पाउने ढोका खुलेको छ । विजेतालाई युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा राष्ट्रिय खेलकूद परिषद्को सदस्य विचव जगतबहादुर विश्वकर्माले ‘प्रो कार्ड’ प्रदान गर्नुभएको थियो ।

रासस

तस्वीर साैजन्य आयाेजक

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result