न्युयोर्क । न्युयोर्क स्थित क्वीनस स्कूलमा एउटा अनौठो घटना घटेको छ । सुन्दा सामान्य लाग्ने घटना भए पनि यसका जोखिका बारेमा विश्लेषण गर्दा यो सवै अभिभावका लागि निकै पिडादायी एवम भयंकरको घटना मान्न सकिन्छ ।
तपाईले आफ्नो बच्चालाई विद्यालय पठाउनु हुन्छ । विद्यालयबाट फोन आउछ तपाईको वच्चालाई अर्को साथी या कसैले सुई घोपी दिएछ, तुरुन्त विद्यालय आउनुहोस । तपाईको मनमा कति पिडा अनी के के संख्का उपसंख्काले दुखित तुल्याउछ । आफै अनुमान गर्नुहोस । हो त्यस्तै भएको छ । क्वीन्स स्थित आईएस २३८ मा फेब्रुवरी ७ का दिन । एक १२ वर्षे विद्यार्थीले आफ्ना १० जना साथीहरुलाई सुई ले धोचि दिएकी थिइन ।
“म स्कुलको फोन ले स्कुलमा पुग्दा मेरो छोरो लाई एक ठाँउमा धोचिएको थियो भने उसका अन्य साथिहरुलाई एक वा धेरै ठाँउमा धोचिएको थियो।” पिडित बच्चाको एक अभिभावक भन्छिन् । उनका अनुसार उनले आफ्नो बच्चालाई अस्पताल लगेर एचआईभी लगायताका अन्य सरुवा रोगहरुको रगत परिक्षण गरिन । प्रारम्भिक परिक्षण नतिजामा कुनै पनि रोगको संक्रमण नभेटिए पनि पुन ३ महिना र त्यस पछि ६ महिनामा फेरी परिक्षण गरे पछि मात्र यकिन हुने डाक्टरको सल्लहाले बच्चामा मानसिक रुपमा विछिप्पत रहेको अभिभावक सुनाउछिन ।
उक्त अभिभाव महिलाको अनुसार, त्यो सुई एक १२ वर्षे डायविटिज भएकी बालिकाको थियो । उनले त्यो सुई उनको ब्लड सुगर जाँच्न प्रयोग गर्दथिन । विद्यालयमा उनले उक्त सुइले आफ्ना साथीहरुलाई घोचि दिएकी थिइन । किन र के का लागि घोचिन त्यसको बारेमा बालिकालाई एनआईपिडीले हिरासतमा लिई अनुसन्धान गरि रहेको छ । डिपार्टमेण्ट अफ एजुकेसनले यसलाई एउटा गम्भिर किसिमको समस्याको रुपमा लिदै उक्त वालिक लाई विद्यालयबाट सस्पेण्ड गरेको जनकारी दिएको छ ।
(एजेन्सीको सहयोगमा),
प्रतिक्रिया लेख्नुहोस्:-