Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

काँग्रेसलाई नयाँ ढङ्गले अगाडि बढाउन सुझाव, ‘नत्र अस्तित्व नै खतरामा पर्छ’ : बुद्धिजीवी

फाल्गुन ७, २०७५ १:२१ मा प्रकाशित
काँग्रेसलाई नयाँ ढङ्गले अगाडि बढाउन सुझाव, ‘नत्र अस्तित्व नै खतरामा पर्छ’ : बुद्धिजीवी
Share on FacebookShare on Twitter

काठमाडौँ ।  नेपाली काँग्रेसलाई नयाँ ढङ्गले अगाडि लैजान नसके पार्टीको अस्तित्व नै खतरामा पर्नसक्ने काँग्रेस नेता एवं बुद्धिजीवीहरुले बताएका छन् । ६८ औँ प्रजातन्त्र दिवसका अवसरमा आयोजना गरिएको ‘काँग्रेसको अबको जिम्मेवारी’ विषयक अन्तरसंवादमा पार्टी रणनीतिक रुपमा अगाडि बढ्नु जरुरी रहेको बताएका हुन् ।

काँग्रेस नेता नवीन्द्रराज जोशीले केन्द्रीय सदस्य, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यलाई गाउँतहसम्म सक्रिय बनाउनु जरुरी रहेको बताए ।  “महाधिवेशन समयमा सम्पन्न, भ्रातृ संस्थाको महाधिवेशन समयमा सम्पन्न, तरुण दलको कार्यसमितिलाई पूर्णता, सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरे मात्र सशक्त काङ्ग्रेस निर्माण हुन्छ,” उनले भने ।  काँग्रेसले युवाका लागि उद्यमशीलता विकास, पार्टीलाई स्थानीय तहसम्म सक्रिय बनाउने, अन्यायविरुद्ध तत्काल आवाज उठाउनुपर्ने उनको भनाइ थियो ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा गोविन्दराज पोखरेलले काँग्रेसले आर्थिक क्रान्तिको एजेण्डालाई उठाएर  अगाडि बढ्नुपर्ने सुझाव दिए ।  राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डाक्टर स्वर्णिम वाग्लेले इतिहास भजाउनुभन्दा काँग्रेस नयाँ विचार र नीतिका साथ अगाडि बढ्नुपर्ने सुझाव दिए ।  प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा केदारनरसिंह केसीले गुटको नेताभन्दा पार्टीको नेता भएर अगाडि बढे मात्र पार्टीको अस्तित्व रहने धारणा राखे ।

वरिष्ठ पत्रकार हरिहर विरहीले महासमितिले दिएको सुझाव र विधानलाई पालना गरेर काँग्रेस अगाडि बढ्नुपर्ने सुझाव दिए ।  पत्रकार पुरञ्जन आचार्यले इतिहासलाई छाडेर पार्टीले नयाँ दिशा कोरेर अगाडि बढ्नु जरुरी रहेको उल्लेख गरे ।

नेपाल शिक्षक संघका अध्यक्ष राजेन्द्रराज पौडेलले पार्टीभित्र रहेको गुट–उपगुटको अन्त्य गरेर काँग्रेस अगाडि बढ्न सुझाव दिए ।   नेपाल शिक्षक संघका पूर्वअध्यक्ष मोहन ज्ञवालीले काँग्रेसले विगतमा गरेका गल्ती कमजोरीलाई क्षमा माग्दै अगाडि बढ्नुपर्नेमा जाेडदिए ।  नेपाल इञ्जिनीयर एशोसिएशनका पूर्वअध्यक्ष ई हरेराम श्रेष्ठ, पत्रकार राजेन्द्र दाहाल, चार्टर एकाउण्टेन्ट दीपक पाण्डे लगायतले प्रजातान्त्रिक पार्टी काँग्रेसले प्रजातान्त्रिक अभ्यास र संस्कारको विकास गर्न नसकेको गुनासाे गरे ।

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य भीष्मराज आङदेम्बे, शङ्कर भण्डारी, बहादुरसिंह तामाङ, सुरेन्द्र पाण्डे, पुष्पा भुसाल, अर्जुन जोशी, गुरुराज घिमिरे, कल्याण गुरुङ, श्यामकुमार घिमिरे, किशोरसिंह राठौरलगायत युवा नेताहरुको सहभागिता थियो ।

रासस
–––

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result