अमेरिका, १८ फेब्रुअरी। जय नेपाल इन्टरनेशनल फाउनडेशनले स्मार्ट सिटी: विश्वव्यापी परिप्रेक्ष्यबाट स्थानीय अभ्याससम्म भर्चुअल कार्यक्रमको आयोजना गर्न लागेको छ। कार्यक्रम मार्च २ तारिख र अप्रिल ६ तारिख गरेर दुई चरणमा गर्न लागिएको छ। विषय बस्तुको गहनतालाई ध्यानमा राख्दै कार्यक्रम दुई चरणमा गर्न लागेको आयोजकले बताए।
कार्यक्रममा पालुङ्गटार नगरपालिकाका पूर्व प्रमुख इन्जिनियर दीपक बाबु कँडेल, दीपेश बिष्ट-सीईओ/सदस्य सचिव- ई-गभर्नेन्स आयोग, इन्जिनियर सतीश त्रिपाठी, भीम ढुंगाना-अध्यक्ष, नेपाल नगरपालिका संघ तथा नीलकण्ठ नगरपालिका धादिङका प्रमुख, बुटवल नगरपालिकाका प्रमुख खिलराज पाण्डे, गोरखा नगर पालिकाका उप-प्रमुख सपना पुन, डा. देशराज संयोक, केशव भट्टराई प्यानल छलफलमा सहभागी हुनेछन भने डा. नीरज श्रेष्ठले कार्यक्रम संचालन तथा जय नेपाल फाउनडेशन नेपालका अध्यक्ष बद्रि अर्यालले नेपालका स्थानीय निकायसंग समन्वय गर्ने अध्यक्ष डा. यादव पण्डितले बताउनु भयो।
विश्वव्यापी रूपमा स्मार्ट सिटीको अवधारणा आएको यस कार्यक्रमले नेपालमा समेत भावी दिनमा विश्वमाझ स्मार्ट सिटीको बिकाशगर्दै आफूलाई चिनाउने कार्यमा यस कार्यक्रमले टेवा पुर्याउने विश्वास लिगिएको छ।
कार्यक्रमको विवरण- अमेरिका समय
मिति:- मार्च २, २०२४ (शनिवार)
समय :- बिहान ९.१५ बजे न्युयोर्क समय
बिहान ८.१५ बजे टेक्सस समय
बिहान ६.१५ बजे क्यालिफोर्निया समय
नेपाली समय
मार्च २, २०२४ शनिवार साँझ ८.०० बजे
अप्रिल ६, २०२४ मा हुने दोस्रो चरणको कार्यक्रम सोही समय तालिकामा हुनेछ।
कार्यक्रममा सहभागी हुनको लागि तलको जुम लिङ्क प्रयोग गर्नुहोला।
Meeting ID: 995 1916 3277
Passcode: 2024







प्रतिक्रिया लेख्नुहोस्:-