काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेका (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उनीहरुबीच सोमबार सिंहदरबारमा छलफल भएको हो । आजको छलफलमा मुख्यगरी आगामी २५ फागुनमा हुने नयाँ राष्ट्रपति निर्वाचनबारे कुरा भएको बताइएको छ ।
सोमबार माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहरदबारमा दुई नेताबीच राष्ट्रपति निर्वाचन र गठबन्धनको भविष्यलाई लिएर एक घन्टादेखि छलफल चलिरहेको हो।
राष्ट्रपति निर्वाचनमा कांग्रेसले उठाएको उम्मेदवारलाई समर्थन गर्ने वचन दिएका प्रधानमन्त्री प्रचण्डले एमालेबाट अध्यक्ष केपी ओलीले नेता नेपाललाई अगाडि सार्ने चर्चा चलिरहेका बेला दुई नेताबीच लामो छलफल भइरहेको हो। यद्यपि एमालेले नेता नेपाललाई आधिकारिक रुपमा राष्ट्रपतिको उम्मेदवार भने घोषणा गरिसकेको छैन।
प्रतिक्रिया लेख्नुहोस्:-