काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विज्ञान र प्रविधिको विकासबिना नेपालको समृद्धि असम्भव हुने बताएका छन् । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुन नेतृत्वको टोलीलसँग भेटमा उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘वैज्ञानिक आविष्कारको क्षेत्रलाई अगाडि नबढाईकन नेपालको विकास हुँदैन। नेपाल स्वतन्त्र भएर आत्मसम्मानको साथ बाँच्ने अवस्थातिर जाँदैन।’ वर्तमान युग विज्ञान र प्रविधिको भएकाले कुनै पनि देशको अस्तित्वका लागि यसको विकास अपरिहार्य भएकामा उनले जोड दिए।
आविष्कार केन्द्रका प्रमुख पुन नेतृत्वको टोलीले नेपालको विकासका लागि विज्ञान र प्रविधिका क्षेत्रमा संस्थाले खेल्दै आएको भूमिकाबारे प्रधानमन्त्रीलाई जानकारी गराएको थियो।
प्रतिक्रिया लेख्नुहोस्:-