Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

भारतबाट नेपाल ल्याउने पेट्रोलियम पाइप लाइन विस्तार अन्तिम चरणमा

फाल्गुन १०, २०७५ २:३२ मा प्रकाशित
बाह्र किलोमिटरमा पेट्रोलियम पाइपलाइन बिछ्याइयो
Share on FacebookShare on Twitter

 

काठमाडौँ ।  बहुप्रतिक्षित मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत नेपालतर्फ पाइप लाइन बिच्छ्याउने कार्य अन्तिम चरणमा पुगेको छ ।

करीब ७० किलोमिटर लामो उक्त परियोजनाको नेपालतर्फको ३६ मध्ये २७ किलोमिटर पाइप लाइन बिच्छ्याउने कार्य सम्पन्न भइसकेको छ । बाँकी नौ किलोमिटर वन क्षेत्रमा परेकाले रुख काट्ने काम केही दिनभित्र शुरु गरिने नेपाल आयल निगमले जनाएको छ ।

उक्त परियोजनाअन्तर्गत पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने छ हजार ५५३ रुख काट्न निगम र टिम्बर कर्पोरेशन अफ नेपालबीच केही दिनभित्रै सम्झौता हुने आज आयोजित पत्रकार सम्मेलनमा निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिनुभयो ।

आगामी वैशाखभित्र परियोजना सम्पन्न गर्ने लक्ष्य राखिए पनि रुख कटानमा ढिलाई हुँदा परियोजना सम्पन्न हुन केही समय लाग्ने निगमले जनाएको छ । पाइप लाइन परियोजना जतिसक्दो छिटो सम्पन्न गर्ने गरी काम अघि बढाइएको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताउनुभयो ।

सन् २०१५ को अगष्टमा उक्त परियोजना सम्पन्न गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैत २३ देखि २५ गतेसम्म गर्नुभएको औपचारिक भारत भ्रमणका क्रममा भारतीय समकक्षीको उपस्थ्तििमा नयाँ दिल्लीबाटै पाइपलाइन निर्माण कार्यको शुभारम्भ भएको घोषणा गरिएको थियो ।

नेपालतर्फ गत वैशाखदेखि पाइपलाइन बिच्छ्याउने कार्य शुरु गरिएको थियो । पाइपलाइन बिच्छ्याउने ठेक्का महाराष्ट्र सेम्लेस लिमिटेड कम्पनीले पाएको छ । पाइप लाइन पूर्ण रुपमा जमिनमुनीबाट बिच्छ्याएर ल्याउने कार्य भइरहेको छ । रक्सौलदेखि अमलेखगन्जसम्म प्रायःजसो स्थानमा २.५ मिटर गहिराइमा पाइप बिच्छ्याइएको निगमका इन्जिनियर शरदप्रसाद पौडेलले जानकारी दिनुभयो ।

परियोजना सम्पन्न भएपछि नेपालतर्फ हुने पेट्रोलियम पदार्थको ढुवानी सुनिश्चित हुने निगमको दाबी छ । विभिन्न पक्षबाट हुने बन्द, हड्ताल र अवरोधका समयमा पनि व्यवस्थित रुपमा पेट्रोलियम पदार्थको आपूर्तिमा सहजता आउनुका साथै पेट्रोलियम पदार्थको चुहावट र उच्च ढुवानी लागतसमेत कम हुने निगमले जनाएको छ ।

निगम सुधारका पक्षमा  : कार्यकारी निर्देशक 

पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक पौडेलले आफू जहिले पनि निगम सुधारको पक्षमा लागि रहने बताउनुभयो । आफूले निगममा कानूनी तथा साङ्गठिनक सुधारको प्रक्रिया शुरु गरिसकेको जानकारी दिँदै उहाँले निगमका तर्फबाट सेवाग्राही समक्ष कर्मचारीले गर्ने व्यवहारमा निकै परिवर्तन आएको जिकिर गर्नुभयो ।

इन्धन आपूर्तिमा केही अवरोध आउने वित्तिकै मुलुकभर इन्धनको हाहाकार हुने अवस्थाको अन्त्य गर्न इन्धनको पूर्ण क्षमतामा भण्डारण गर्न निर्देशन दिइएको उल्लेख गर्दै कार्यकारी निर्देशक पौडेलले निगमकै इतिहासमा इन्धनको उच्चतम् भण्डारण गरिएको बताउनुभयो ।

इन्धन लिएर आएका ट्याङ्कर अनलोड गर्न निकै समय कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न अनलाइन प्रणाली निर्माणको तयारी भइरहेको उहाँको भनाइ थियो । कार्यकारी निर्देशक पौडेलले प्रशासनिक कार्यालयको जस्तो नभई डिपोमा पुगेको ट्याङ्करले कति घन्टाभित्र तेल खन्याउने र भर्नेसम्बन्धी निगमको आफ्नै बडापत्र निर्माण गरिने बताउनुभयो ।

रासस
–––

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result