काठमाडौं । वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ । बुधबार बिहान कौशलटारमा लामाको निधन भएको हो। कलाकार कृष्ण मल्लले दिएको जानकारी अनुसार आज विहान २ बजे घर अगाडि गाडीबाट ओर्लिने क्रममा लामा लडेका थिए ।
लडेर लामाको टाउकोमा गहिरो चोट लागेको थियो । दुईवटा खुट्टा गाडीभित्र र टाउको बाहिर रहेको अवस्थामा उनलाई परिवारका सदस्यले भेटेका थिए ।
सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका लामाले एक सयभन्दा बढी चलचित्रमा अभिनय गरेका थिए । उनले कयौं टेलिश्रृंखलामा पनि अभिनय गरेका थिए ।
लामाले २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय यात्रा सुरू गरेका थिए। लामाले गाएका कलकत्ते काइँयो, मुलाको चानालगायतका गीत नेपाली संगीत बजारमा चर्चित छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-