युलेस, टेक्सस
फेब्रुअरी २४
स्तन क्सान्सर सम्वन्धि जानकारी दिने र जनचेतना जगाउने उदेश्यले एथेना कोलीन्स लायन्स क्लव र एसिएन ब्रेष्ट हेल्थ आउटरिच कार्यक्रमको संयुक्त आयोजनामा फेब्रुअरी २५ मा टेक्ससको युलेसमा एक विशेष कार्यक्रमको आयोजना हुने भएको छ ।
कार्यक्रमको प्रमुख बक्ता डा. बिनिता खरेल नेपाल रहेकी छन् । अमेरिकामा चिकित्सा पेशामा आवद्ध रहेकी सोसल एक्टिभिष्ट डा.नेपालले लामो समयदेखि स्वास्थ सम्वन्धि चेतनामुलक जानकारीहरु प्रवाह गर्दै आएकी छन् ।
आइतवार हुने कार्यक्रम स्तन क्यान्सर सम्वन्धि जनचेतनामुलक जानकारी र क्यान्सर सम्वन्धि पूर्व जानकारी दिन तयार गरिएको डा. नेपालले बताइन ।
‘स्तनको स्वास्थ, नियमित मेमोग्राम र त्यसको महत्ववारे जानकारी लिनको लागि यो निकै महत्वपूर्ण कार्यक्रम हो’, उनले भनिन-‘म समुदायका सर्बैलाई कार्यक्रमका सहभागीताको लागि अनुरोध गर्दछु ‘।
दुरवीसंग कुरा गर्दै डा. नेपालले आफू महिला र फिजिसियन भएको नाताले पनि यस्ता चेतनामुलक कार्यक्रममा सहभागी हुनु र जानेका कुराहरु सेयर गर्नु महत्वपूर्ण रहेको बताइन् ।
कार्यक्रम युलेसस्थित नेपाली मन्दिरमा आइतवार ३ बजेदेखि ४:३० बजेसम्म हुने बताइएको छ ।







प्रतिक्रिया लेख्नुहोस्:-