Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कोरोनाको त्रासः “कोरोना भाइरसको खतरा अमेरिकामा कम छ” राष्ट्रपति ट्रम्प

फाल्गुन १५, २०७६ ३:५४ मा प्रकाशित
कोरोनाको त्रासः “कोरोना भाइरसको खतरा अमेरिकामा कम छ” राष्ट्रपति ट्रम्प
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरसको खतरा रहेपनि त्यो कम रहेको दावी गरेका छन । राष्ट्रपति भवन ह्वाइट हाउसमा पत्रकार भेटघाट कार्यक्रममा ट्रम्पले अमेरिकामा बर्षेनी मौसमी फ्लुका कारण मानिसहरु बिरामी हुने र मर्ने गरेका कारण यसबारे पहिलेदेखिनै सचेतना अपनाइएकोले कोरोना भाइरसको प्रभावपनि कम हुने दावी गरे । कोरोना भाइरस फैलिएमा जुनसुकै कदम चाल्न पनि सकिने संकेत गरे । ट्रम्पले साढे दुई बिलियन डलर बिनियोजनको लागि कंग्रेससंग अनुमति लिने जानकारी दिए । राष्ट्रपति ट्रम्पले उपराष्ट्रपति माइक पेन्सलाई कोरोना भाइरसको प्रतिक्रिया दिन सरकारको तर्फबाट मुख्य व्यक्ति तोकिएको जानकारी पनि दिएका छन । मंगलबार मात्रै अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी)ले अमेरिकामा कोरोना भाइरसको खतरा उच्च रहेकोले बेलैमा सचेत रहन चेतावनी दिएको थियो ।

“न्युयोर्कमा खतरा छ, तर अहिलेसम्म कोरोना भाइरस देखिएको छैन” मेयर ब्लाजिओ

न्युयोर्कका मेर बिल डे ब्लाजिओले न्युयोर्कमा अहिलेसम्म कोरोना भाइरस नदेखिएको दावी गरेका छन । ब्लाजिओले बुधबार सम्बोधन गर्दै कोरोना अहिलेसम्म नदेखिएपनि यसको सम्भावना र उच्च जोखिम भने रहेको चेतावनी दिएका छन । उनले यतिबेला कोरोनाको सम्भावित संक्रमणबाट जोगिन वा उपचार गर्न अस्पतालमा पनि केही तयारी गरिएको जानकारी दिएका छन । सम्बोधन गर्दै मेयर ब्लाजिओले कोरोना भाइरस संक्रमीतहरुको लागि १२ सय शैया अस्पतालमा छुट्याइएको बताएका छन । उनले एक दशमलव पाँच मिलियन मास्कहरु स्टकमा रहेको र वितरण गरिएको र अझै तीन लाख मास्कको आवस्यकता पर्नेहुंदा संघीय सरकारसंग माग गरिएको जानकारी गराएका छन । मेयरले संघीय सरकारसंग त्यसको लागि आग्रह गरेका छन । मेयर ब्लाजिओले कोरोनाको जांच गर्ने स्थानहरु थप्न तथा न्युयोर्कमै ल्याब परिक्षणको व्यवस्था मिलाउन संघीय सरकार र सिडीसीसंग आग्रह गरेका छन । कोरोनाको सम्भावना भएपनि नआत्तिकन सरकारी तथा स्वास्थ्यकर्मीहरुलाई आफ्नो स्वास्थ अवस्थाकाबारे जानकारी गराउन आग्रहपनि गरिएको छ । यदि कोही बिरामी भएमा घरमै बसेर स्वास्थ्यकर्मीलाई जानकारी गराउनपनि आग्रह गरिएको छ ।
त्यसैगरि न्युयोर्कका गभर्नर एण्ड्र्यु कुमोले न्युयोर्कको सदनसंग ४० मिलियन रकम कोरोना भाइरसको प्रतिरक्षाको लागि माग गरिएको बताएका छन ।


लङ आइल्याण्डमा ८३ जना क्वारेन्टाइनमा
न्युयोर्कको लङ आइल्याण्डको नासाउ काउन्टीमा ८३ जना व्यक्तिहरुमाथी कोरोना भाइरसको आशंकामा अनुसन्धानमा राखिएको जनाइएको छ । ८३ जना सबै चीन भ्रमणबाट फर्केको बताइएको छ । उनीहरुलाई दुइ हप्ताको लागि क्वारेन्टाइनमा राखिएको बताइएको छ । उनीहरुलाई कोरोना नभएको पुष्टि नभएसम्म अन्य व्यक्तिहरुसंग संसर्गमा आउन नदिइएको नासाउ काउन्टीका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन ।

तस्विरःएजेन्सी

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result