Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

“प्रदेश नम्बर एकको नाम किरात नै हुनुपर्छ” युनाइटेड किरात राई अर्गनाइजेशन अफ अमेरिका

फाल्गुन १६, २०७६ २:३४ मा प्रकाशित
“प्रदेश नम्बर एकको नाम किरात नै हुनुपर्छ” युनाइटेड किरात राई अर्गनाइजेशन अफ अमेरिका
Share on FacebookShare on Twitter

 सुरेश चाम्लिङ्ग,दूरबिन नेपाल, न्युयोर्क
युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरीकाले नेपालको हाल १ नं प्रदेशलाई किरात प्रदेशको रुपमा नामकरण गर्न माग गरेको छ । अर्गनाइजेशनले न्युयोर्क स्थित नेपाली महावाणिज्य दुतावास मार्फत ज्ञापन पत्र बुझाउंदै सांस्कृतिक तथा ऐतिहासिक दृष्टिलेपनि किरातहरुको पहिचान झल्कने गरी एक नम्बर प्रदेशको नाम किरात नै राख्नुपर्ने माग गरिएको छ । युनाइटेड किरात राई अर्गनाइजेशनका केन्द्रीय सभापति मुना राईको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले नेपाली महावाणिज्य दुतावासका कार्यवाहक राजदुत पूष्पराज भट्टराई मार्फत प्रदेश नम्बर एकका सभामुख र प्रदेश सांसदहरुलाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्र प्रस्तुत गर्दै अध्यक्ष राईले शिघ्राती शिघ्र अमेरिकामा रहेका किरात राईहरुको आवाज प्रदेश नम्बर एकको प्रदेश सभामा पुर्याइदिन आग्रह गरेकी हुन । ज्ञापनपत्र बुझ्दै कार्यबाहक राजदुत भट्टराईले नेपाल सरकारको सम्बन्धित निकायमा अमेरिकाका किरात राइहरुको आवाज पुर्याइदिने प्रतिबद्धता व्यक्त गरेका थिए । संस्थाका मेडिया कोर्डिनेटर सुरेश चाम्लिङले वाचन गरेको ज्ञापन पत्रको बोधार्थमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईलाई सम्बोधन गरिएको छ । ज्ञापनपत्र बुझाउने प्रतिनिधिमण्डलमा अर्गनाइजेशनका संस्थापक सभापति शिव कुमार राई, पूर्व सभापति मिलन राई, न्युयोर्क च्याप्टरका सभापति केशवराम राई, कोषध्यक्ष गणेश राई, बिओडी सुखराज राई, च्याप्टर सदस्यहरु विवेक राई, तारा राई, अग्नि साङ्गपाङ्ग र न्यु इंग्ल्याण्ड लोकल च्याप्टरका महासचिव शेखर राई तथा भिम राईको उपश्थिती थियो ।

ज्ञापनपत्रमा अमेरिकाको कानुन अनुसार दर्ता भएको युनाइटेड किरात राई अर्गनाइजेशनले मानव सेवामा पुर्याएको योगदानको चर्चा गर्दै पूर्वका १४ जिल्ला समेटिएको प्रदेश एकलाई किरात प्रदेश राख्न माग गरिएको छ । किरात समुदायले इतिहासको काल खण्डमा आफ्नो विशिष्ट भाषा, संस्कृति र सभ्यताको स्थापना देखिनै रक्षा गरी राज्यलाई नै समृद्ध बनाएको र भूगोल, इतिहास र सभ्यताको सम्मानको लागिपनि किरात प्रदेश हुनुपर्ने जिकिर गरिएको छ । नेपालको इतिहासमै वल्लो किरात, माझ किरात र पल्लो किरातको अस्तित्व उल्लेख गरिएकोले र एकिकृत भौगालिक हिसावलेपनि हालको प्रदेश नम्बर एक “किरात प्रदेश“ हुनुपर्ने दावी गरिएको छ । यस अघि नेपालको किरात राई यायोख्खा केन्द्रिय समितीको हस्ताक्षर संकलन अभियानमा साथ दिन अमेरिका बस्ने किरातहरुबाट पनि हस्ताक्षर संकलन गरिएको थियो । तर संकलन गरि पठाईएको हस्ताक्षर अमेरिकाका लागि नेपाली राजदुत अर्जन कार्कीलाई बुझाउन खोज्दा वेवास्ता गरिएको अर्गनाइजेशनका पूर्व केन्द्रीय सभापति बिष्णु राईले गुनासो गरेका थिए ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result