काठमाडौं । माओवादी केन्द्रका नेता नारायाणकाजी श्रेष्ठ पार्टीले एमसीसी अनुमोदन गरेपछि अध्यक्षसँग निकै चिडिएका छन् । उनले औपचारिक रुपमै यसमा आफ्नो गम्भीर असहमति रहेको बताइसकेका छन् । यसैबीच आज (बुधबार) बिहान नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव नेकपा (माओवादी) केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई भेट्न उनको हात्तिवनस्थित निवास पुगेका छन् ।
एमसीसी सम्झौतालाई लिएर माओवादीभित्र अन्तरसंघर्ष चर्किरहेका बेला विप्लव हात्तिवन पुग्नुलाई चासोको साथ हेरिएको छ । एमसीसीबारे श्रेष्ठ र विप्लवको एकै लाइन रहेको छ । दुवै एमसीसीको विपक्षमा रहेका छन् ।
यस विषयमा दुई नेताबीच सघन पलmफल हुने बताइएको छ । उनले आफ्नो विचारमा सहमत भएका नेता तथा कार्यकर्तासँग पनि अब कसरी अगाडि जाने भनेर नियमित परामर्श गरिरहेका छन् ।
यता एमसीसी अनुमोदनको विषयलाई लिएर नेकपा माओवादी केन्द्रभित्र चर्किएको विवाद अझै सेलाउने छाँट देखिएको छैन । एमसीसी अनुमोदनको विपक्षमा उभिएका पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई फकाउन अध्यक्ष प्रचण्ड मंगलबार हात्तीवनस्थित श्रेष्ठ निवासमा पुगेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-