डा.अविन ओझा
सन् २०१९ को करिव करिव अन्त्य तिर चीनको वुहान प्रान्तबाट सुरुवात भएको मानिने कोरोना भाइरसले आज अन्टार्कटीका बाहेक अन्य सवै महादेशमा आफ्नो कहर फैलाइ सकेको छ । कोरोना “जुवानोटिक” अर्थात मानिस र पशु वीच सर्ने खालको भाइरस हो । यो पशुबाट नै मानिसमा सरेको भन्ने छ । सुरुवाती लक्षणहरु जस्तो ज्वरो, खोकी, छोटो–छिटो स्वाशप्रश्वास हुदै क्रोनिक स्वाशप्रश्वास समस्या जस्तो निमोनिया भई मानिसमा अनेकन अंग फेल भएर मानिसको मृत्यु सम्म हनु सक्ने भएकोले कोरोनाको त्रास विश्वव्यापीरुपमा फैलिएको छ । यति बेला हरेक ब्याक्ति र राष्ट्रको मुख्य बहसको मुद्दा कसरी कोरोना भाइरसबाट बाँच्ने, कसरी कोरोनाको चुनौतिको सामना गर्ने भन्ने नै छ । कोरोना भाइरसको विश्वव्यापी कहरसँगै यो बायालजिकल पेन्डिमीक (जैविक महामारी) भन्दा पनि साइकालाजिकल ट्रमा (मनोवैज्ञानिक आघात) को रुपमा विश्व समुदाय वीच आएको छ । यस आलेखमा कोरोना भाइसर सम्बन्धी विभिन्न श्रोतबाट उपलब्ध तथ्याङ्क हरुको समिक्षा गरिएको छ ।
कस्तो छ त कोरोनाको महामारी ?
र्वल्ड मिटर इन्फो अनलाइन स्रोतको पछिल्लो एक तथ्याङ्क अनुसार विश्वब्यापी रुपमा ९२ हजार ८१९ मानिसहरुमा कोरोना भइरसको संक्रमण भएको छ । संक्रमित मध्ये ४८ हजार ४६९ जनाले स्वस्थ्यलाभ गरिसकेका छन भने ३ हजार १ सय ६४ जनाको मृत्यु भई सकेको छ । संक्रमणमा रहेका ४१ हजार १ सय ८१ मध्ये ७ हजार १ सय ६१ जना सम्बेदनशिल तथा जटिल स्वास्थ्य अवस्थामा छन, बांकी ३४ हजार २५ जना सामान्य अवस्थामा रहेका छन् ।
सोही वल्र्ड मिटर इन्फोको तथ्याङ्क अनुसार सवै भन्दा बढि चीनमा २ हजार ९ सय ७८ जनाको मृत्यु भई सकेको छ । अमेरीकामा ११० जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये यो आलेख तयार पार्दा सम्म ९ जनाको मृत्यु भईसकेको छ भने ९ जनाले स्वास्थ्य लाभ गरिसकेका छन् । हाल ८९ जना उपचारत छन् । उपचारत मध्ये ७ जनाको स्वास्थ्य अवस्था जटिल रहेको छ । नेपालमा भने १ जनमामात्र सक्रमण देखिएको सो व्यक्तिलेपनि स्वास्थ्य लाभ गरिसकेको तथ्याङ्कले देखाउंदछ ।
कोरोनाबाट उमेरगत मृत्यु कस्तो छ त ?
वल्र्ड मिटरर्स वेव साइटले विश्व स्वास्थ्य संगठनको तथ्याङ्क लाई लाई उद्धरण गर्दै उमेरगत हिसावले कोरोना भाइरसको मृत्युलाई प्रस्तुत गरेको छ । उक्त स्रोतका अनुसार कोरोना भाइरको संक्रमणमा परेका मध्येबाट ८० वर्ष भन्दा माथि उमेर समुहका संक्रमित मध्ये २१ दशमलव ९ प्रतिशतको मृत्यु भएको छ । ५० देखी ७९ वर्ष समुह संक्रमितहरु मध्ये १२ दशमलव ९ प्रतिशत, २० देखी ४९ वर्ष उमेर समुहका शुन्य दशमलव ८ प्रतिशत, १० देखी १९ वर्ष समुहका शुन्य दशमलव २ प्रतिशतको मृत्यु भएको छ । त्यसो त ९ वर्ष भन्दा कम उमेर समुह बाट हाल सम्म मृत्यु भएको छैन । हाल सम्मको मृत्यको तथ्याङ्क हेर्दा बच्चा तथा किशोरहरुमा जोखिम कम रहेको छ । पूर्व दीर्घ स्वास्थ्य समस्या नभएकाहरुमा प्राण जोखिम अत्यन्त न्यून रहेको यो आँकडाले देखाउंदछ ।
साँच्चिकै यो अहिले सम्मकै भयंकर महामारी हो त ?
सेन्ट्रल फर डिजिजेज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी), अमेरीकाको फ्लु सीजन २०१९–२०२० को पछिल्लो प्रक्षेपण तथ्याङ्क अनुसार ३ करोड २० लाख देखी ४ करोड ५० लाखसम्म फ्लुको विरामी हुने, १ करोड ४० लाख देखी २ करोड १० लाखले मेडिकल सेवा लिने, मेडिकल सेवा लिन पुगेका मध्ये ३ लाख १० हजार देखी ५ लाख ६० हजार हस्पीटलमै वसेर सघन उपचार लिने अनुमान गरेको छ । यो सीजन फ्लु बाट १८ देखी ४६ हजार मानिसले ज्यान गुमाउन सक्ने अनुमान गरेको छ । त्यसो त अघिल्लो सीजन फ्लुबाट मर्नेको संख्या ६१ हजार रहेको सीडीसीको आँकडाले देखाउदछ । तर कोरोना भाइरसबाट मृत्यु हुनेको दर भने फ्लु भन्दा निकै ठूलो छ । गम्भिर तथ्य यो छ की, हाल को मृत्यु दर कोरोना भाइरसको तुलानात्म रुपमा निकै उच्च छ । विश्वव्यापी रुपमा कोरोनाबाट संक्रमित मध्ये ३ दशमलव ४ प्रतिशत ले ज्यान गुमाएका छन् भने मौसमी फ्लुका संक्रमित मध्ये १ प्रतिशत भन्दा कमले मात्र ज्यान गुमाउने गरेका छन् । हालको आँकडा अनुसार अमेरीकामा मृत्यु दर एकदम डरलाग्दो देखिएको छ । हालको तथ्याङ्क अनुसार संक्रमित मध्ये मृत्यु दर ८ दशमलव १ रहेको छ । अहिले सम्म मृत्यु हुनेमा पूर्व दिर्ध स्वास्थ्य समास्या रहेका उच्च उमेरका बढि छन् ।
कोराना भर्सेस सिजनल फ्लुको तुलना ।
यहाँ यो कोरोना र फ्लुको तथ्याङ्कको तुलना एवम् विश्लेषण किन जरुरी देखियो भने, कोरोना जति जैवीक महामारीको रुपमा देखा परेको छ त्यो भन्दा वढी मानोवैज्ञानीक आघातका रुपमा मनिसले लिएको र भाइरसले सक्रमण गर्नु पूर्व नै मानिसमा मानोवैज्ञानिक संत्रासले संक्रमित भएको पाइएको छ । मनिसमा एक खालको नैरश्यता, भय, एवम् पिडा पैदा भएको छ । जसले मानिसको इम्युन पावर (प्रतिरक्षा शक्ति) नै कमजोर बनाएको छ । जसका कारण भाइरसको संक्रमण बढ्ने सम्भावनालाई हामी आफैले नै बढाएका छौं । अवश्य पनि यसको बारेमा हामी सवैले सावधानी अपनाउनु पर्नेछ । विभिन्न मिडियामा आए झै विज्ञहरुले भने झैका पूर्व सर्तकताका उपायहरु अपनाउनुको विकल्प देखिदैन । तथापी, यसलाई एउटा जैविक माहामारीकै रुपमा मात्रै लिनु पर्दछ न कि मनोवैज्ञानीक आघात ।
अन्तमा,
प्राणघातक कोरोना भइरसको सक्रमण बाट बच्न सवै सजग रहनुको विकल्प छैन । हिजो सम्म यो उद्दगम क्षेत्र या संक्रमण क्षेत्रमा यात्रा (ट्राभल हिस्ट्री) गरेका मानिसहरुमा मात्र देखिएको थियो तर अव यो हरेका देशका लागी सामुदायिक विस्तार (कम्युनिटी स्प्रेड) को रुपमा फैलिई सकेको छ । कोरोना भाइरस अव सवै समुदायको लागी चुनौतिपूर्ण भएको छ । यस बाट जोगिन सवैले सावधानीका उपायारु अपनाउनु पर्ने छ । जस्तो, वारम्वार हात धुने,भिडभाडमा कम जाने या सम्भव भए सम्म जाँदै नजाने सर्वजानिक यातायातको कम प्रयोग गर्ने या सम्भव भए गर्दै नगर्ने । आम अवतजावत हुने स्थानमा हिड्–डुल गर्दा या सार्वजानिक साधनको प्रयोग गर्दा, निकै सर्तकता रहने । फ्लु लक्षणका मानिसको निकटता बाट सके सम्म पर रहने । सामान्य फ्लुका लक्षणहरु जस्तो रुघा, खोकी, ज्वरोको लक्षण छ भने पनि तुरुन्त डाक्टरको निगरानीमा पुग्नु सवै भन्दा बुद्धिमानी हुनेछ ।
:लेखक सीटी युनिभर्सीटी आफ न्युयोर्क अन्तर्गतको योर्क कलेजक प्राध्यापक हुन ।
प्रतिक्रिया लेख्नुहोस्:-