काठमाडौं । आज बसेको नेकपा (माओवादी केन्द्र) को बैठकले मनोनीत हुने केन्द्रीय समितिका सदस्यहरुको नाम प्रस्ताव गरेको छ । अध्यक्ष प्रचण्डले पार्टीका कमिटीहरूबाट सिफारिस भएका नामहरूबाट सदस्यहरुको नाम समितिलाई जानकारी गराएका हुन् ।
जसअनुसार ९७ जना केन्द्रीय सदस्य तथा प्रस्तावित सदस्यहरूको सूची प्रचण्डले पेस गरेका छन् । खुलातर्फ ५५ तथा समानुपातिक तर्फ ४२ जनाको नामा प्रचण्डले पेस गरेका हुन् ।
यसअघि माओवादीले २४७ जनालाई केन्द्रीय समिति सदस्य बनाएको थियो । यो सूचीलाई पार्टीभित्र छलफल भएर अन्तिम रुप दिइनेछ ।
प्रतिक्रिया लेख्नुहोस्:-