दूरबिन नेपाल, न्युयोर्क
सुपर ट्युस्डेको भिडन्तको एक हप्ता पछि तीन सय ५२ डेलिगेट्सको लागि अर्को डेमोक्रयाटीक प्राइमरी हुदैछ । सुपर ट्युस्डेमा पहिलो स्थान ओगटेका पूर्व उपराष्ट्रपति जो बाइडेनले पहिलो स्थान ओगट्छन वा बर्नी सेण्डर्सले उछिन्छन भन्ने चासोको विषय बनेको छ ।
६ राज्यमा हुने सो दिनके प्राइमरीमध्ये सबैको चासो मिचिगन राज्यमा रहेको छ । मिचिगन राज्यमा मंगलबार हुने प्राइमरीमा सबैभन्दा धेरै डेलिगेट्स रहेका छन । सो स्थानमा एक सय २५ डेलिगेट्स छन । यसकारण मंगलबारको प्रइमरीको नतिजा मिचिगनले दिने विष्लेषण गरिएको छ । अघिल्लो पटक अर्थात सन् २०१६ मा बर्नी सेण्डर्सले पकड जमाएको सो स्थानमा अहिले जो बाइडेनलाईप्नि दरिलो मानिएकोले प्रतिष्पर्धा रोचक हुने अपेक्षा गरिएको छ ।
त्यसैगरी कोरोना भाइरस अति प्रभावित राज्य वशिंङ्टनमा पनि मंगलबार नै छनौट हुदैछ । तर कोरोनाको कारण उपश्थिती कस्तो हुने हो यसै भन्न सकिंदैन । सो राज्यबाट ८९ डेलिगेट्सले भोट हाल्नेछन । सुपर ट्युस्डेमा बर्नी सेण्डर्सलाई ९६ डेलिगेट्सले पछाडी पार्दै अग्रस्थानमा रहेका जो बाइडेनले आफ्नो अग्रता कायम राख्छन वा बर्नी सेण्डर्सले कम ब्याक गर्छन भन्नेमा विश्लेषकहरु तर्क गरिरहेका छन । सुपर ट्युस्डेपछि एलिजावेथ वारेनले आफ्नो दौड अन्त गरेको घोषणा गरेकी थिइन तर उनले कसैलाईपनि समर्थन भने गरेकी छैनन । जो बाइडेनलाई न्युयोर्कका खर्बपति माइक ब्लुमबर्ग, पीट बुटीजज, एमी क्लुबचर र कमला ह्यारीसले इण्डोर्स गरीसकेका छन । यसले बाइडेनलाई केही बलियो बनाएपनि बर्नी सेण्डर्सको आकर्षण पनि बढ्दो भएका कारण नतिजा कस्को पक्षमा जान्छ यसै भन्न सकिदैन । प्रतिष्पर्धामा तुल्सी गब्बार्ड रहेपनि उनको प्रभाव त्यती नपर्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-