काठमाडौं । नेपालमा कोरोना संक्रमण कम हुँदै गएपछि अध्यागमनले एक सूचना जारी गर्दै अब विदेशबाट नेपाल आउने यात्रुले कोभिड विरुद्धको खोपको पूर्ण मात्रा लगाएको खोप कार्ड वा पीसीआर रिपोर्टमध्ये एउटा देखाए मात्र हुने जानकारी दिएको छ ।
विभागका अनुसार खोप कार्ड वा पीसीआर नेगेटिभ भएको प्रमाणपत्र देखाएको खण्डमा अब उनीहले क्वारेन्टिनमा बस्न पर्दैन ।
नेपाल आउँदा यात्रुले खोप लगाएको प्रमाण पत्र पेस गर्नुपर्ने छ। खोप लगाएको प्रमाणपत्र पेस गर्न नसक्ने यात्रुले यात्रा शुरु गर्नु अगाडि ७२ घण्टाभित्रको परीक्षणको नतिजा नेगेटिभ आएको प्रमाणपत्र देखाएमा समेत नेपाल प्रवेश पाउने छन् । यसबाट नेपालमा आउने पर्यटकका लागि केही सजिलो हुने भएकाले आगामी दिनमा धेरै पर्यटकहरु आउन सक्ने बताइएको छ ।अध्याग
प्रतिक्रिया लेख्नुहोस्:-