Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकाको न्युयोर्कमा वालुङ समुदायले मनायो ल्होसार

फाल्गुन ३०, २०७६ १:१३ मा प्रकाशित
अमेरिकाको न्युयोर्कमा वालुङ समुदायले मनायो ल्होसार
Share on FacebookShare on Twitter

टोमा लामा, दूरबिन नेपाल, न्युयोर्क
हाल अमेरिकामा बसोबास गरिरहेका नेपालको ताप्लेजुङ जिल्लाका वालुङ समुदायले न्युयोर्कमा ल्होसार पर्व मनाएका छन । वालुङ कम्युनिटीका अध्यक्ष छिरिङ तोप्ग्यालको नेतृत्वमा मनाइएको ल्होसार कार्यक्रममा अमेरिकामा गुम्बा स्थापनार्थ ट्रष्टी बोर्ड तयार भएको र आर्थिक संकलन तिव्र रुपमा अघि बढेको जानकारी दिइएको थियो । आर्थिक संकलनकालागि घरदैलो लगायतका कार्यक्रमहरु तय गरिएको जानकारी कम्युनिटीका अध्यक्ष तोप्ग्यालले दिए । विदेशमा बसेपनि अफ्नो भाषा धर्म तथा संस्कृतिको रक्षार्थ सबै लाग्नुपर्नेमा जोड दिंदै भावी पीढीका लागिपनि बच्चाहरुलाइ विभिन्न मौलिकता तथा भाषा सिकाउने कक्षाहरु सञ्चालन गर्ने योजना रहेको जानकारी कम्युनीटीका अध्यष तोपग्यालले दिए ।


कार्यक्रमका प्रमख अतिथि न्युयोर्कका कार्यवाहक महाबाणिज्य दुत पुष्पराज भट्टराईले विदेशमा भए पनि आफ्नो देशको संस्कार संस्कृति संरक्षण गर्न नेपाली समुदाय सबै क्षेत्रबाट लागि परेकोमा खुशी व्यक्त गरे । भट्टराईले विश्वभरी नै महामारीको रुप लिएको कोरोना भाईरसका कारण समस्या बढ्दै गएकोले सबैलाई सचेत हुन पनि आग्रह गरेका थिए ।

कार्यक्रमका विशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)का अध्यक्ष लोक चेम्जोङले नयाँ सालको आगमनमा आउने ल्होसार कार्यक्रम भाईचारा र भेटघाटमात्र नभएर यसले सहकार्यलाई मजबुत बनाउने हुंदा नेपाली समुदायलाई अगाडि बढ्ने अवसर दिलाएको बताए । उनले विदेशमा भए पनि हाम्रो पहिचान विविधतामा एकताको सन्देश जाने अवसर मिलेको भन्दै आउने नेपाल महोत्सव हामी सबै नेपाली समुदाय एक भएर सफल पार्न सबैले सहयोग गर्नुपर्ने बताए । कार्यक्रममा संस्थाका सक्रिय सदस्य लाक्पा लामाले स्वागत मन्तव्य दिएका थिए भने संस्थाका सचिव डन्डु शेर्पाले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा पूर्व अध्यक्षहरुलाई सम्मानपनि गरिएको थियो ।

वालुङ नेपालको ताप्लेजिङ जिल्लाको एक गाविस हो । सामरिक दृष्टिले महत्वपुर्ण मानिएको सो स्थान टिबेट र नेपालको सिमा क्षेत्रपनि हो । वालुङ क्षेत्रमा बसोबास गर्नेहरुलाइै वालुङ समुदाय भनिएको हो । सो क्षेत्रमा डिकी छ्योलिङ भन्ने ऐतिहासिक गुम्बापनि रहेको छ । धार्मिक दृष्टिले महतवपुर्ण मानिएको सो गुम्बा नेपालकै दोस्रो गुम्बा भएको वालुङ कम्युनीटीका अध्यक्ष तोप्ग्यालले जानकारी दिए । सो गुम्बामा बर्षमा चार पटक विभिन्न धार्मिक विधिबाट पुजा र सांस्कृतिक कार्यक्रम गरिन्छ । सो बेला देश विदेशबाट भक्तजनहरुको बाक्लो उपश्थिती हुने गर्दछ । वालुङ क्षेत्रको धार्मिक तथा सामरिक महत्वलाई विश्वभरी चिनाउन वालुङ समुदाय अमेरिकामापनि सक्रिय रहेको जानकारी कार्यक्रममा दिइएको थियो ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result