Sunday, May 3, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

न्युयोर्कमा मनाइयो २१४७ औं झिवा लोसार

चैत्र १, २०७६ ३:०६ मा प्रकाशित
न्युयोर्कमा मनाइयो २१४७ औं झिवा लोसार
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क
अमेरिकामा बसोबास गरिरहेका नेपालका विभिन्न जाती तथा समुदायले आफ्ना चाड तथा पर्वहरुलाई भव्यताका साथ मनाउनेक्रम बढिरहेको छ । यसैको पछिल्लो उदाहरण बनेको छ , २१४७ औं झिवा ल्होसार । अमेरिकामा बसोबास गरिरहेका तोक्पेगोला (ढोक्प्या) समुदायले न्युयोर्कस्थित क्विन्स प्यालेसमा भब्यताका साथ २१४७ औं झिवा लोसार साँझ मनाए । तोक्पेगोला समाज सेवा समिति काठमाडौंको प्रवास शाखा ढोक्प्या किदुकले ‘भाषा, धर्म र संस्कृतिको संरक्षण गरौं, आफनो पहिचान कायम राखौ’ भन्ने नारासहित ७ मार्चमा झिवा लोसार साँझ मनाएको हो । कार्यक्रम ढोक्प्या किदुकका न्युयोर्कका अध्यक्ष गोवा ढोक्प्याको अध्यक्षतामा सम्पन्न भएको हो । सो कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) का अध्यक्ष लोक चेम्जोङ लिम्बूले नेपालको संघीय प्रणाली पहिचानको आधारमा हुनुपर्ने र नेपालको सामाजिक, भाषिक, संस्कृतिक र समुदायगत विविधता अनुसारको राज्य संरचना, संविधान र ऐन कानुन निर्माण हुनुपर्नेमा जोड दिए । उनले वर्तमान सरकार आदिवासी जनजातिहरुको आवाज सुन्नै नचाहने र देशको सुन्दर विविधतालाई तहसनहस पार्न अग्रसर भइरहेको आरोप लगाए । चेम्जोङले संयुक्त राज्य अमेरिका राष्ट्रिय जनगणनाको संघारमा भएको हुँदा सबै नेपालीहरुले राष्ट्रिय जनगणनामा गम्भीर भएर सहभागिता जनाउनुपर्ने बताए ।

 

कार्यक्रममा ढोक्प्या समुदायका औतरी लामा लोब्साङ खेटुक र लामा कासाङ छोम्वेले संयुक्त रुपमा वौद्घ धर्म परम्परा अनुसार पुजापाठ गररेपछि कार्यक्रमको शुभारम्भ भएको थियो । कार्यक्रमको औपचारिक उद्घाटन फिप्नाका अध्यक्ष चेम्जोङले पानसमा दियो बालेर गरेका थिए । किदुकका उपाध्यक्ष ङिमा ढोमा ढोक्प्याले स्वागत मन्तव्य राखेर अघि बढेको कार्यक्रममा ढोक्प्या समुदायको परम्परागत स्याब्रु नाच प्रस्तुत गरिएको थियो । कार्यक्रमको सञ्चालन किदुकका सचिव ज्याल्जेन ढोक्प्याले गरेका थिए । कार्यक्रममा किदुकका सल्लाहकार डण्डु ढोक्प्याले नेपालमा आदिवासी जनजातिहरुले पहिचानको मुद्दालाई निरन्तर उठान गरिरहेको र प्रदेशहरुको नामाकरण पहिचानको आधारमा हुनुपर्ने र प्रदेशभित्र अल्पसंख्यक आदिवासी जनजातिहरुको स्वशासन सहितको स्वायत्त क्षेत्रहरु हुनुपर्ने मागलाई निरन्तर उठान गरिरहेको बताए ।


कार्यक्रममा विभिन्न क्षेत्रमा स्पोन्सर गरी संस्थालाई सहयोग गर्ने दाताहरुलाई प्रमुख अतिथि मार्फत धन्यवादसहित खादा र प्रमाण–पत्र प्रदान गरिएको थियो । कार्यक्रमका सभापति एवं सस्थाका अध्यक्ष ढोक्प्याले अमेरिकामा ढोक्प्या समुदाय थोरै संख्यामा भए पनि संस्था गठन गर्न सफल भएको र संस्था गठन भएदेखि हासम्म निरन्तर हरेक वर्ष लोसार साँझ कार्यक्रम आयोजना गर्दै आएको बताए । उनले लोसार साँझ कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्नका लागि संस्थाको कार्यसमिति सदस्य र ढोक्प्या समुदायका विभिन्न सहयोगदाताहरु, खाद्य पदार्थ, खाना, पानी, पेय पदार्थ, खादा, ध्वनी प्रविधि लगायत सबैलाई धन्यवाद दिए । औपचारिक कार्यक्रम छोटो गरी सम्पन्न गरी नेपाली कलाकार संघ अमेरिकाका अध्यक्ष सुमन बुढा मगरसहितको टोलीले विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनोरञ्जन प्रदान गरेको थियो ।

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result