दूरबिन नेपाल, टेक्सस
अमेरिकाको वेष्ट भर्जिनया वाहेक सवै राज्यमा कोभिड १९ फैलिएको छ । अमेरिकामा नोवल कोरोना भाइरसको सङक्रमण फैलदै गर्दा अलस्का राज्यमापनि पहिलो पटक कोरोना सक्रमित बिरामी फेला परेका छन । कोरोना पोजेटिभ विरामी फेलापरेसगै अलास्का कोभिड १९ को असरमा पर्ने ४९ औ राज्य बनेको छ । अलास्कामा पहिलो पटक कोभिड १९का बिरामी फेला परेको अलास्काका गभर्नर माइक डुनलेभीले पुष्टि गरेका छन । अब वेष्ट भर्जिनियामात्र यस्तो अमेरिकी राज्य बनेको छ जहां अहिलेसम्म कोरोना भाइरसका बिरामी भेटिएका छैनन । तर कुनैपनि बेला सो राज्यमा पनि कोरोना भाइरसका बिरामी भेटिन सक्ने अनुमान गरिएको छ । अलस्कामा सक्रमित भएका व्यक्ति एअर कार्गो मार्फत आएका थिए । उनीहरुलाई चीकित्सकहरुले जांच गरेपछि कोरोना पोजेटीभ देखिएको थियो । उनलाई एक क्षेत्रीय अस्पतालमा उपचार पश्चात छुट्टै वार्डमा राखिएको छ । उनीहरुसंगै आएका अन्यको भने परिक्षण भइरहेको अलस्का टाइम्सले जनाएको । कोरोनाभाइरसको कुनै रिपोर्ट नभए पनि वेस्ट भर्जि्िनयाका गर्भनर जिम जस्टिसले शुक्रबार भाइरसको फैलावट रोक्नको लागि निकट भविष्यका लागि सबै सार्वजनिक र निजी विद्यालयहरू बन्द गरिसकेका छन । यो महामारीको जवाफमा स्कूलहरू बन्द गर्न आठ राज्यहरू मध्ये एक हो ।







प्रतिक्रिया लेख्नुहोस्:-