Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कोरोना भाइरसबाट मृत्यू हुनेमा ८० वर्ष भन्दा वृद्धको संख्या उच्च, मुटु रोगी पनि उच्च जोखिममा

चैत्र १, २०७६ ११:०७ मा प्रकाशित
कोरोना भाइरसबाट मृत्यू हुनेमा ८० वर्ष भन्दा वृद्धको संख्या उच्च, मुटु रोगी पनि उच्च जोखिममा
Share on FacebookShare on Twitter

अमेरिका । नोभल कोरोना भाइरसको सङ्क्रमणवाट मृत्यू हुनेमा सवै भन्दा बढि ८० वर्ष भन्दा माथिका वृद्धहरु रहेका छन् । यो उमेर समूहको मृत्यूदर विश्वभर हालसम्म २३ दशमलव ९ प्रतिशत रहेको छ ।

 

युएस सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसि) ले वृद्ध र दीर्घरोग भएका व्यक्तिलाई सकेसम्म धेरै समय घरभित्रै बस्न प्रोत्साहन गरिरहेको छ ।

 

त्यस्तै ७० देखि ७९ वर्षसम्मको मृत्यूदर ८ प्रतिशत रहेको छ भने ६० वर्ष देखि ६९ वर्षसम्मको मृत्यूदर ३ दशमलव ६ र ५० देखि ५९ सम्मको १ दशमलव ३ रहेको छ ।

 

कोरोनाको सङ्क्रमणवाट हालसम्म ९ वर्ष भन्दा मुनिका कुनै वालवालिकाको मृत्यू भएको छैन । यस भाइरसवाट ४९ वर्ष भन्दा कम उमेर समूहको मृत्यूदर कम भएपनि यो उमेर समूहको धेरैमा पोजीटिभ लक्षण भने देखा परेको छ ।

 

सिडिसले जनाए अनुसार प्रारम्भिक जानकारीले वृद्धलाई कोरोनाभाइरसको जोखिम दोब्बर बढि हुन्छ । युएस डिपार्टमेन्ट अफ हेल्थ एन्ड ह्युमन सर्भिसेसले वृद्ध समुदाय र पहिले नै गम्भीर रोग लागेका व्यक्ति लक्षित कार्यक्रम अघि बढाइसकेको उल्लेख गरेको छ ।

 

अमेरिकी स्वाश्थ्य सेवा विभागका जन स्वाश्थ्य विश्लेषकहरुले समेत ६० वर्षभन्दा धेरै उमेर र दीर्घरोग भएका व्यक्तिलाई भीडभाडबाट टाढै रहन सुझाएका छन ।

 

भ्यान्डरबिल्ट विश्वविद्यालयका प्राध्यापक तथा सिडिसिका पुराना सल्लाहकार डा. विलियम साफनरले हवाइ यात्रा, सिनेमाघर, पारिवारिक जमघट, भीडभाड हुने मलमा शपिङ र धार्मिक अनुष्ठानजस्ता गतिविधिबाट दुवै समूहलाई टाढा बस्न सल्लाह दिएका छन्।

साफनरले भने, “यी दुई समूहले यो समयमा यी गतिविधिबाट टाढै बसेको बेस हुन्छ । ६० वर्षभन्दा धेरै उमेरका व्यक्ति र मुटु,  फोक्सो , मधुमेह वा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाले यसमा विशेष ध्यान दिनुपर्छ। अन्य व्यक्तिसँग प्रत्यक्ष सम्पर्कबाट टाढा रहनु नै भाइरसबाट टाढा बस्ने उपाय हो।”

 

कोरोनाको सङ्क्रमणवाट मृत्यू हुनेमा महिला भन्दा धेरै पुरुष धेरै रहेका छन् । विश्व स्वास्थ संगठनको तथ्याङ्क अनुसार कोरोनावाट
मृत्यू हुने पुरुषको दर ४ दशमलव ७ प्रतिशत रहेको छ भने महिलाका मृत्यूदर २ दशमलव ८ प्रतिशत रहेको छ ।

 

चीनको तथ्याङ्कले वृद्ध र दीर्घरोग भएका व्यक्ति गम्भिर रूपमा बिरामी हुने जोखिम सबैभन्दा धेरै भएको देखाएको प्राध्यापक साफनरले बताए । उनका अनुसार कोरोनाभाइरसले उनीहरूको ज्यान पनि लिनसक्छ । कम उमेर र स्वस्थ व्यक्तिलाई सामान्यदेखि मध्यमखाले संक्रमण हुने वा कहिलेकाँही लक्षण पनि देखा नपर्ने सम्भावना हुन्छ ।

 

कोरोनाका सङ्क्रमणवाट मृत्यू हुने दिर्घ रोगीमा सवैभन्दा बढि मुटुरोगी १३ दशमलव २ रहेको छ भने मधुमेह लागेका ९ दशमलव २ रहेको छ । त्यस्तै फोक्सो सम्वन्धि रोग लागेका ८ प्रतिशत र हाइपर टेन्सका ८ लशमलव ४ तथा क्यान्सरका ७ दशमलव ६ प्रतिशत
रोगीको मृत्यू भएको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result