काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह पुनः निर्वाचित भएका छन्।सोमबार बिहान सार्वजनिक मत परिणामअनुसार सिंहले निकोलस पाण्डे र हुमनाथ कोइरालालाई पराजित गरका हुन् ।
यसैगरी वरिष्ठ उपाध्यक्षमा उनकै प्यानलका आङदोर्जी लामा तथा महासचिवमा रोशन दाहाल निर्वाचित भएका हुन्।
संघको प्रदेश १ उपाध्यक्षमा मोहनप्रकाश अधिकारी, मधेश प्रदेश उपाध्यक्षमा शम्भु ठाकुर, बागमती प्रदेश उपाध्यक्षमा बालकृष्ण थापा, गण्डकी प्रदेश उपाध्यक्षमा खिमप्रकाश मल्ल, लुम्बिनी प्रदेश उपाध्यक्षमा टोपबहादुर रायमाझी, कर्णाली प्रदेश उपाध्यक्षमा रत्नबहादुर खड्का र सुदुरपश्चिम प्रदेश उपाध्यक्षमा प्रकाश बहादुर सेठी विजयी भएका छन्।
प्रतिक्रिया लेख्नुहोस्:-