काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार लगभग स्थिर रहेको छ । आज नेप्से ०।०७ अंकले बढेको हो ।
सोमबार ४६ हजार ५ सय ११ पटकको कारोबारबाट ७३ लाख ४१ हजार १ सय ७७ कित्ता सेयर किनबेच भए । ती किनबेचमा करिब २ अर्ब ९५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम बढी हो । आइतबार ४८ हजार १ सय ८३ वटा कारोबारबाट ६८ लाख ७८ हजार १ सय ५९ कित्ता सेयर किनबेच भएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-