काठमाडौं । आइतबार घटेको सेयर बजारमा सोमबार भने हरियाली छाएको छ । आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक २९ अंकले बढेको हो।
नेप्सेका अनुसार आज विभिन्न ३२८ कम्पनीका ८९ लाख ८ हजार ८५१ कित्ता शेयर ५५ हजार ९३८ पटक खरिदबिक्री हुँदा ४ अर्ब ४३ करोड २४ हजार ६०३ रुपैयाँमा कारोबार भएको छ।
आजको कारोबारपछि सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
साथै बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको ९ दशमलव ९९ प्रतिशत, बलेफी हाइड्रोपावर लिमिटेडको ९ दशमलव ९३ प्रतिशत र नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको शेयर मूल्य ८ दशमलव ८६ प्रतिशतले बढेको छ।
प्रतिक्रिया लेख्नुहोस्:-