काठमाडौं । मंगलबार शेयर बजार उच्च अंकले बढेको छ । आज नेप्से परिसूचक ४६ दशमलव ६९ अङ्कले बढेको हो ।
आज कूल एक करोड ३३ लाख ७३ हजार चार सय ८१ कित्ता शेयर छ अर्ब १२ करोड ८२ लाख ६४ हजार पाँच सय ८० मा खरिद बिक्री भएका छन् ।
नेप्सेका अनुसार सप्तकोशी डेभलपमेन्ट बैंक, सानिमा जीआइसी इन्सोरेन्स र कुथेली बुथेली हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यस्तै हिमालयन एभरेष्ट इन्सुरेन्सको संस्थापक शेयर, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य नौ दशमलव ९८ प्रतिशत र समाज लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य नौ दशमलव १८ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-