काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से ४५.९३ अंकले घटेको छ ।
आज १ करोड ७३ लाख कित्ता सेयर बिक्री हुँदा ७ अर्ब ४६ करोडको कारोबार भएको छ।
आजको कारोबारमा २१४ कम्पनीको शेयर मूल्य घटेको छ। सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा बढी जीवन बिमा समूह ३ दशमलव शून्य ७ र व्यापार समूह २ दशमलव १३ प्रतिशतले घटेको छ।
प्रतिक्रिया लेख्नुहोस्:-