काठमाडौं । सोमबार बढेको सेयर बजार मंललबार पनि १४ अंकले बढेको छ ।
मंगलबार ३१२ कम्पनीका ६४ हजार ९१७ पटकको कारोबारमा एक करोड २७ लाख ४६ हजार ४१० कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब २० करोड २२ लाख ६३ हजार रुपैयाँ रहेको छ ।
१६७ कम्पनीको सेयर मूल्य बढ्दा ७१ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये बाँकीमा हरियाली छाउँदा निर्माण कम्पनीमा भारी गिरावट आएको छ भने व्यापार कम्पनी पनि राताम्मे छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-