काठमाडौं । आइतबार शेयर बजार उच्च अंकले गिरावट आएको छ । आज नेप्से परिसूचक २१ दशमलव १२ अंकले घटेको हो ।
आज ३१६ कम्पनीको एक करोड १० लाख ९९ हजार २३९ कित्ता शेयर ६६ हजार ७७४ पटक खरिदबिक्री हुँदा ५ अर्ब ४७ करोड ४८ लाख ६८ हजार ७६४ रुपैयाँ बराबरको कारोबार भएको हो।
लघुवित्त एक दशमलव १२, म्युचुअफ फन्ड शून्य दशमलव १८ र अन्य समूह शून्य दशमलव २९ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ।
वित्त समूह सबैभन्दा धेरै ४ दशमलव ४७ र विकास बैंक समूह २ दशमलव ६५ प्रतिशतले घटेको छ।
प्रतिक्रिया लेख्नुहोस्:-