अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) उत्तरी क्यालिफोनियाले साहित्यकार बावु आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।
हालै सम्पन्न निर्वाचन परिणाम अनुसार साहित्यकार बाबु आचार्य अध्यक्ष चयन भएका छन् भने रीतादेवी प्रधान बरिष्ठ उपध्यक्ष्यमा चयन भएकी छन् । त्यसैगरी निर्वाचनले उपाध्यक्ष्यमा दीपक पाठक, महासचिवमा नारायण भट्टराई, सचिवमा भरत डाँगी र कोषाध्यक्षमा किरण कट्टेलाई चयन गरेको छ भने सदस्यहरुमा नीता आचार्य, इन्दु तामाङ, लक्ष्मण पन्थी, अमर तामाङ, बासुदेव घिमिरे र दीपक भण्डारी चयन भएका छन् ।
नवनिवाचित अध्यक्ष आचार्यले ‘उत्तरी क्यालिफोर्नियामा वसोवास गर्ने सर्जक एवं साहित्यानुरागीको परिचयात्मक कार्यक्रम राख्ने र उनीहरुवीच साहित्य,सृजना, लेखन एवं प्रकाशनका सम्बन्धम छलफल, गोष्ठी जस्ता कार्यक्रम अघि बढाउने जानकारी दिए । ‘हामी उत्तरी क्यालिफोर्नियामा रहेका साहित्यकार सर्जकहरुको परिचय समेटिएको पुस्तक प्रकाशन गर्ने सोचमा छौ’ उनले भने ।
अध्यक्ष आचार्यले नेपाली साहित्यलाई प्रवासमा अघि बढाउन नेपाली समुदायसँग हातेमालो गर्ने पनि बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-