काठमाडौं । मन्त्रिपरिषद् बैठकले आज राति १२ बजेबाट चालु संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमझ सिफारिस गरेको छ।
सरकारले एमालेले लागातार संसद् बैठक अवरुद्ध गरिरहेका कारण संसद् अधिवेशन अत्यका लागि सिफारिस गरिएको सञ्चार तथा सूचना मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए। एमालेले आफूले कारबाही गरेका माधव नेपालसहितका १४ सांसदलाई सभामुखले सूचना टाँस गरेर हटाउनुपर्नेमा त्यसो नगरेर उनीहरुलाई अर्को दल खोल्ने मौका दिएको भन्दै निरन्तर रुपमा संसदमा अबरोध जारी राखेको छ ।
उसले आफ्नो माग पुरा नभएसम्म संसदीय क्रियाकलापमा नै सरिक नहुने अडान राख्दै आएको थियो ।
आसन्न स्थानीय निर्वाचनमा दलहरू केन्द्रित भएकाले पनि संसद अन्त्य गर्न सिफारिस गरिएको उनले बताए।प्रतिनिधिसभामा बुधबार प्रधानन्यायाधीशमाथिको महाभियोगमाथि छलफल गर्ने कार्ययोजना थियो। प्रतिनिधिसभाले ११ सदस्यीय समिति बनाएर जबराविरुद्ध महाअभियोग बढाउन लागेका थिए।
महाभियोगमाथिको छलफलको एक दिनअघि सरकारले संसद् अन्त्यको सिफारिस गर्दा अब उक्त महाभियोग अलपत्र पर्ने देखिएको हो।
प्रतिक्रिया लेख्नुहोस्:-