दूरबिन नेपाल, न्युयोर्क
कोरोना भाइरसको प्रभाव बढ्दै गएपछि न्युयोर्क सीटीका सबैजसो मनोरञ्जकस्थलहरु बन्दगर्न आदेश दिइएको छ । आइतबार न्युयोर्कका मेयर बिल डे ब्लाजिओले कार्यकारी आदेश जारी गर्दै शहरका सबै रेष्टुरेण्ट, बार, क्याफे, मुभी थिएटर लगायत मानिसहरु जम्मा हुने स्थानहरु बन्दको घोषणा गरेका छन । मंगलबार रातीको नौ बजेदेखि लागु हुनेगरी मेयर ब्लाजिओले खाना डेलिभरीको काम गर्ने रेष्टुरेण्टहरुको काममा भने आदेशले कुनै प्रभाव नपार्ने प्रष्ट्याएका छन । न्युयोर्कमा कोरोना भाइरसको कारण लाग्ने रोग कोभिड १९ को प्रभाव बढ्दै गएको कारण जनस्वास्थ्यको ख्याल गरी सो आदेश जारी गरिएको बताइएको छ । मेयरको आदेश अनुसार कुनेपनि कन्सर्ट तथा भेला सम्मेलनमाथी प्रतिबन्ध लागाइएको छ ।आइतबार नै न्युयोर्कका सबै सार्वजनिक विद्यालय बन्दको घोषणा गरिएको छ । न्युयोर्कमा आइतबार राती सम्ममा कोभिड १९ का तीन सय २९ जना बिरामी भेटिएका छन भने पाँच जनाको ज्यान गइसकेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-