काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी चैत्र १० गतेसम्म सरकारले पूर्णता पाउने बताएका हुन् । उनले शुक्रबार लगानी बोर्डको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै आफूले चैत्र ६ गते विश्वासको मत लिने र त्यसपछि लगत्तै सरकारले पूर्णता पाउने बताएका हुन् ।
प्रधानमन्त्री दाहालले सबै दलहरुसँग बसेर सत्ता विस्तारको बारेमा पनि छलफल गर्ने पनि बताए । ‘विश्वासको मतपछि सरकारलाई पूर्णता दिनेछु । विश्वासको मत ६ गते लिने भनिएको नै छ । त्यसको ४ दिन भित्रमा सरकारलाई पूर्णता दिन्छु,’ दाहालले भने ।
प्रतिक्रिया लेख्नुहोस्:-