Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

क्यालिफोर्नियामा कोरोनाले १८ को मृत्यु ९ सय सङ्क्रमित

चैत्र ५, २०७६ ११:१२ मा प्रकाशित
क्यालिफोर्नियामा कोरोनाले १८ को मृत्यु ९ सय सङ्क्रमित
Share on FacebookShare on Twitter


तोया दाहाल 


      –  सानफ्रानसिस्को, अमेरिका।


कोरोना भाइरसका कारण जीवन गुमाउने र सङ्क्रमित हुनेको संख्या क्यालिफोर्नियामा उल्लेख्य रुपमा वृद्धि भएको छ । यो समाचार तयार पार्दासम्म क्यालिफोर्नियामा १८ जनाको ज्यान गएको पुष्टि भएको छ । थप १२ जना अस्पतालको आइसीयूमा जीवन मरणको दोसाँधमा छन् । बुधवार बिहानसम्म थप ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित हुने संख्या क्यालिफोर्नियामा ९ सय  भन्दा माथि पुगेको छ । संखा
को घेरामा रहेका अरु सयौँ मानिसहरूमा परिक्षण र अनुसन्धान जारी छ । 

क्यालिफोर्नियाको  सानफ्रानसिस्को बे एरियामा सबै भन्दा बढि कोरोनाभाइरसको संक्रमण देखिएको छ । वे एरियामा ज्यान गुमाउनेको संख्या ८ पुगेको छ ।  विज्ञान, प्रविधि र अनुसन्धानको विश्व कै केन्द्र मानिने सिलिकन भ्यालीलाई यो भाइरसले थिलथिलो बनाउदै लगेको छ । सूचना प्रविधि विकासको केन्द्र विन्दुको रुपमा विश्व समुदायमा परिचित सान्ताक्लारा काउन्टीमा कोरोना भाइरसले ६ जनाको जीवन लिला समाप्त गरिसकेको छ । मार्च ५ तारीख यो भाइरसको संक्रमणले आहत भएर अस्पताल पुगेका ६० वर्षीय एक जनाले यसै भाइरसका कारण बुधवार अर्थात आज बिहान सान्ताक्लारामा ज्यान गुमाएपछि यो काउन्टीमा मृत्यु हुनेको संख्या  ६ पुगेको हो । हिजो अर्थात मङ्गलबार अर्का ५० वर्षीय मानिसले पनि सान्तक्लारामा नै ज्यान  गुमाएका थिए । 


साथै सान्ताक्लारा काउन्टीमा मात्र अरु १ सय ७५ जनालाई संक्रमण भइसकेको जनस्वास्थ्य विभाग सान्ताक्लाराले जनाएको छ । सबै भन्दा दुखद पक्ष यहा के छ भने सान्ताक्लारामा १८ देखि ६४ वर्षका मानिसमा यसको सङ्क्रमण बढि देखिएको छ । वे एरियाका अरु ५ वटा  
काउन्टीहरूमा पनि यो भाइरसका कारण ज्यान गुमाउने र मृत्यु हुनेको संख्या थपिदो छ । 

सानमाटियो काउन्टीमा एक जनाको मृत्यु भएको छ भने मंगलवार अर्थात हिजो १६ वटा थप नयाँ केस फेला परेको छ । यो काउन्टीमा कोरना सङ्क्रमितको संख्या ८० पुगेको छ ।  सानफ्रानसिस्को काउन्टीमा ५१ जनामा कोरोनाको संक्रमण देखिएको छ । त्यस्तै कन्ट्राकोष्टा काउन्टीमा ४१ जना, अलमेडा काउन्टीमा ३१ , मरिन काउन्टीमा १५, सलनो काउन्टीमा ८, सोनामा काउन्टीमा ६, नापामा २ जनामा कोरोना भाइरस देखिएको छ । 


बे एरियाको पूर्वीभागमा रहेको सेन्ट्रल भ्यालीमा पनि कोरोना भाइरसका कारण ज्यान गुमाउने र सङ्क्रमित हुनेको संख्या बढ्दो छ । क्यालिफोर्नियाको राजधानी  सेक्रोमेन्टोमा कोरोना भाइरसका कारण एक जनको मृत्यु भएको छ । एल्क ग्रोभमा रहेको सिनिय
र  लिभिङ सेन्टरमा बस्दै आएका वृद्धको उपचारको क्रममा मृत्यु भएको हो । यस क्षेत्रका अरु शहरहरू स्टक्टन, मधेस्तो र ट्रेसीमा पनि कोरोना भाइरस संक्रमितहरुलाई उपचार र अनुसन्धानमा राखिएको समाचारमा जनाइएको छ ।  


अमेरिकाको प्रमुख आर्थिक शक्ति अर्थात अमेरिकाको आर्थिक मेरुदण्डका रुपमा रहेको क्यालिफोर्नियाको सबै क्षेत्र कोरोना भाइरसका कारण तहसनहस भएको छ । सन् २००८ मा क्यालिफोर्नियाबाट शुरु भएको आर्थिक मन्दीले अमेरिकाको पुरै अर्थतन्त्र तहस नहस भएको थियो । यसको संक्रमण र प्रभाव लामो समय कायम रहेमा क्यालिफोर्निया मात्र होइन सिङ्गो अमेरिकाको अर्थतन्त्र धराशायी हुने निश्चित छ ।  अहिले क्यालिफोर्नियाका सवै जसो कलकारखाना, उद्योग र विद्यालय समेत बन्द छन् । क्यालिफोर्निया एउटा राज्यको बजेट नै विश्व धनी ६ वटा राष्ट्रको हाराहारीमा छ । बेलायत सरकारको कुल बजेट भन्दा क्यालिफोर्निया राज्यको बजेट बढि हुन आउँछ । 


अमेरिकामा सबैभन्दा ठुलो अर्थतन्त्र र बढि जनसंख्या भएको क्यालिफोर्निया राज्यका गभर्नर गेभिन न्यूसमले मङ्गलबार राज्यबासीलाई सम्बोधन गर्दै भने “सम्भवतः यो  धेरै नरहला । क्यालिफोर्नियामा स्कुलहरू ग्रीष्मकालीन बिदा हुनुभन्दा अघि एकफेर खुल्नेछन्।”

गेभिन न्युसमले आपतकालीन व्यवस्थाका लागि राज्यका अस्पतालहरूको अवस्था, जनसङ्ख्याको आधारमा उपचारका लागि अपुग हुनसक्ने खतरा, यसको उपचार खर्च, रोकथामको तयारीको समीक्षा समेत गरे ।


गेभिन न्युसमले धर्य भएर घरमै वस्न प्रभावित सहरका नागरिकहरुलाई आग्रह गर्दै सवैको साथ सहयोग भएमा छिटै पहिला जस्तै खुला र सुन्दर जीवनमा फर्कन सकिने आसा ब्यक्त गरेका थिए ।

एजेन्सिहरुको सहयोगमा ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result