सानफ्रानसिस्को, अमेरिका ।
कोरोना भाइरसका कारण जीवन गुमाउने र सङ्क्रमित हुनेको संख्या अमेरिकामा उल्लेख्य रुपमा वृद्धि भएको छ । बिहिबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसका कारण १ सय ६२ जनाको मृत्यु भएको छ । दुई जना सभासद, एक जना मेयर र केही संख्यामा हलिउडका कलाकार र खेलाडी समेत ९ हजार ६ सय कोरोनाबाट संक्रमित भएका छन् । शङ्काको घेरामा रहेका अरु सयौँ मानिसहरूमा परिक्षण र अनुसन्धान जारी छ ।
अमेरिकामा सबै भन्दा पहिला र धेरै जनालाई चपेटामा पारेको वासिङ्टन स्टेटमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६९ पुगेको छ । दोस्रो बढि प्रभावित न्यूयोर्कमा २० जनाले ज्यान गुमाएका छन् । क्यालिफोर्नियामा १८, फ्लोरिडामा १०, लुजियानामा ९, न्युजर्सीमा ५,मिचिगन ५ जर्जियामा ५, टेक्ससमा ३, ओरेगनमा ३, भर्जिनिया २, कोलोराडो २, इन्डियाना २, कनेक्टिकट ३ मेरिल्याण्ड २ , इलिनोइस, कन्सास , केन्टकी , नेभाडा, पेन्सलभेनिया, साउथ क्यारोलिना र साउथ डकोटामा एक एक जनाको मृत्यु भएको पुष्टि भएको छ ।
विश्वमा करिव २ लाख ३० हजार मानिस कोरोनाबाट संक्रमित भएका छन् । ९ हजार ४ सयले ज्यान गुमाएका छन् । करिब ८६ हजार मानिस उपचार पछि सकुशल घर फर्किएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-