Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

 दुई महिनामा ५ हजार वन्दीले पाए अमेरिकमा शरण 

चैत्र ६, २०७६ ८:०६ मा प्रकाशित
 दुई महिनामा ५ हजार वन्दीले पाए अमेरिकमा शरण 
Share on FacebookShare on Twitter

जाङ्गबु शेर्पा

 मार्च १९, २०२० –


अमेरिका । आइसिइले नोभल कोरोना भाइरस अर्थात कोभिड १९ को कारण नयाँ ठाउँमा छापा मार्ने र पक्राउ अभियानलाई स्थगित गरेको छ । पक्राउ परिसकेका हकमा भने आइसिइको देश निकालाको कारवाही प्रक्रिया भने  नरोकिने जनाएको छ । कोरोना भाइरसका कारण आइसिइका अरु काम कारवाही पनि प्रभावित भएका छन्
होमल्याण्ड सेक्रेटरिका कार्यकारी निर्देशक केन कुइन्सेलीले हाल आइसिइका कर्मचारीको स्वास्थ्यलाई  ख्याल गदै अहिलेलाई पक्राउ परिसकेकालाई मात्र देश निकालाको काम गर्ने उल्लेख गरेका छन् ।
आइसिइले एक विज्ञप्ति जारिगर्दै कोरोना महामारीको कारण मार्च १८ देखि आइसिइ प्रतिनिधिहरूलाई अत्यावश्यक काममा बाहेक छापा मार्ने, खोजी र पक्राउ गर्ने लगायतका नियमित काम केही समयका लागि रोकिने उल्लेख गरेको छ ।
तर मानव बेचविखन, लागू औषधको कारोबार, वाल यौन दुराचार, हत्या र अपारधिक गतिविधिमा संलग्नहरूलाई भने पक्राउ अभियान जारी राखिने विज्ञप्तिमा उल्लेख छ ।
यता अध्यागमन अधिकारकर्मीहरूले भने आइसिइको हिरासतमा रहेका बिरामीहरूलाई स्वास्थ्य सेवा पहुँचको निम्ति रिहा गर्नु पर्ने माग राख्दै वासिङ्टनस्थित अदालतमा मुद्दा दायर गरिसकेका छन । तर आइसिले भने कुनै पनि वन्दीलाई कुनै पनि बहानामा रिहा गर्ने योजना नरहेको स्पष्ट पार्दै कोरोना महामारीको कारण पक्राउ संख्या भने घट्न सक्ने जनाएको छ । हिरासतमा रहेका प्रत्येक बन्दीको स्वास्थ्य अवस्थालाई आइसिइको चिकित्सक टोलीले नियमितरूपमा सुपरीवेक्षण गरिरहेको दावी गर्दै त्यसतर्फ आइसिइ सचेत रहेको उल्लेख गरेको छ । 

विश्व समुदाय र अमेरिकालाई समेत आतङ्कित बनाइरहेको कोभिड १९ कोरोना भाइरसका कारण हिरासतमा रहेकाहरूलाई आफन्तसँगको भेटघाट पनि तत्कालका लागि बन्द गरिएको आइसिइएले जनाएको छ । 

आइसिइको तथ्याङ्क अनुसार अमेरिकी अध्यागमन हिरासतमा फेवुुृ्रवारिको २२ सम्म ३८ हजार ६ सय ६४ वन्दी रहेका छन् । जसमध्ये ५ हजार ६ सय ८७ जनाको भने अध्यागमन अदालतले सुरक्षाको दृष्टिकोणबाट उपयुक्त ठहर गर्दै शरण आवेदनको प्रकृयालाई स्वीकार गरेको छ  । अर्थात ५ हजार ६ सय ८७ जनाको शरण लिने प्रकृयामा हिरासतबाट रिहा भएका छन् ।  यसमा केही नेपालीहरु पनि रहेको हुनसक्ने अनुमान गरिएको छ । एकिन तथ्यांक र तथ्य भने फेला परेको छैन ।  हिरासतमा रहेका मध्ये झण्डै ६ हजार वन्दी भने अध्यागमन अदालतमा शरण आवेदनको नतिजाको प्रतीक्षामा रहेका छन् । हाल आइसिइ हिरासतमा ३७ हजार ८ सय ८८ वन्दी रहेका छन् ।  शरण लिने प्रकृयाको प्रतीक्षामा रहेका झण्डै दुई दर्जन वन्दीले भने विभिन्न कारणले हिरासतमा नै ज्यान गुमाइसकेका छन् ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result