Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नवनियुक्त राजदूत खत्रीलाई एनआरएनए अमेरिकाले गर्‍यो स्वागत

चैत्र ५, २०७८ ११:०८ मा प्रकाशित
नवनियुक्त राजदूत खत्रीलाई एनआरएनए अमेरिकाले गर्‍यो स्वागत
Share on FacebookShare on Twitter
अमेरिका । अमेरिकाका लागि नवनियुक्त नेपाली राजदूत प्रा डा श्रीधर खत्री गैर आवासीय नेपालीहरूसँग आफू र राजदूतावासका अधिकारीहरू सिधा सम्पर्कमा रहेर कार्य गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको छ ।  गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) अमेरिकाले नवनियुक्त नेपाली राजदूत प्रा. डा. श्रीधर खत्रीको स्वागत र सम्मानमा मार्च १७ तारिक बिहीबार आयोजित कार्यक्रममा सो प्रतिबद्धता जाहेर गर्नु भएको हो । अनलाइन प्रविधि जुम बैठकबाट आयोजित कार्यक्रममा महामहिम राजदूत खत्रीले अमेरिका र नेपाल बिच दोहोरो कर प्रणालीको विषयमा अध्ययन गरेर काम अगाडि बढाउन राजदूतावास तयार रहेको जानकारी गराउनु भयो ।
राजदूत प्रा. डा. श्रीधर खत्रीले एनआरएनए अमेरिकाले कोभिडको महामारीमा गरेका कामको सह्राना गर्नु भयो । उहाँले भन्नु भयो “यस्तो सहयोग मेरो कार्यकालमा पनि हुने छ भन्ने मैले विश्वास लिएको छु ।”   आफ्नो कार्यकालमा दुई संस्था मिलेर अझ प्रभावकारी ढङ्गले काम गर्न इच्छुक भएको बताउनु भएको छ । अमेरिकामा रहेका नेपालीहरूका लागि राजदूतावासले घुम्ती कन्सुलर सेवा  गैर आवासीय नेपाली सङ्घ अमेरिकासँग मिलेर गर्दै आएको छ ।
अमेरिका स्थित नेपाली राजदूतावासमा आएर पदभार सम्हाल्नु भएको उपलक्षमा स्वागत र सम्मानमा आयोजना गरिएको भर्चुअल कार्यक्रममा एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदीले महामहिम राजदूत प्रा. डा. श्रीधर खत्रीलाई स्वागत गर्दै सफल कार्यकालका लागि शुभकामना दिनु भयो । कोभिड महामारीको समयमा गैर आवासीय नेपाली सङ्घ अमेरिकाले अमेरिकाको सेक्रेटरी अफ डिफेन्स अन्तरगत युटाह नेशनल गार्डको सहयोगमा तीन करोड रुपैयाँ भन्दा बढीको स्वास्थ्य उपकरण र सामाग्री नेपाल पठाउँदा नेपाली राजदूतावासका अधिकारीहरूले गर्नु भएको सहयोग लगायत थुप्रै विषयमा भएका सहकार्यको अध्यक्ष सुवेदीले चर्चा गर्नु भयो ।
 अमेरिकी सरकारले कर छुट दिएका सामाग्रीहरूको छुट अवधि सकिएको र नवीकरणका लागि दुई देश बिच काम अगाडि बढाउन राजदूतावासको ध्यान आकृष्ट गराउनु भएको छ । दोहोरो कर प्रणालीको अन्तका लागि दुई देश बिचमा काम हुनु पर्ने विषयमा अर्थ मन्त्री, अर्थ सचिव र नेपाल राष्ट्र बैङ्कका गभर्नरसँग अन्तरक्रिया गरिएको उल्लेख गर्दै उहाँहरूकै सल्लाह बमोजिम एनआरएनए अमेरिकाले एउटा समिति नै बनाएर काम अगाडि बढाइरहेको बताउनु भयो । यसका सबै पक्षमा अध्ययन गरी काम अगाडि बढाउन नवनियुक्त राजदूत र राजदूतावासको सहयोग अपरिहार्य हुने छ भन्नु भयो ।
एनआरएनए अमेरिकाद्वारा जारी विज्ञप्तिको पूर्ण पाठ यसैसाथ संलग्न गरिएको छ ।
विज्ञप्ति
गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) अमेरिकाको तर्फबाट अमेरिकाका लागि नवनियुक्त नेपाली राजदूत प्रा.डा. श्रीधर खत्रीको स्वागत र सम्मानमा मार्च १७ तारिक बिहीबार कार्यक्रम आयोजना गरियो । अनलाइन प्रविधि जुम बैठकबाट आयोजित कार्यक्रममा महामहिम राजदूत खत्रीले गैर आवासीय नेपाली सङ्घ अमेरिकाले नेपाली राजदूतावाससँग मिलेर नेपाल, नेपाली र गैर आवासीय नेपालीका लागि गरिरहेका कामको सह्राना गर्दै आफ्नो कार्यकालमा दुई संस्था मिलेर अझ प्रभावकारी ढङ्गले काम गर्न इच्छुक भएको बताउनु भएको छ । अमेरिकामा रहेका नेपालीहरूका लागि राजदूतावासले घुम्ती कन्सुलर सेवा गैर आवासीय नेपाली सङ्घ अमेरिकासँग मिलेर गर्दै आएको छ । अमेरिकामा रहेका नेपालीको आकस्मिक मृत्यु हुँदा शव नेपालमा पठाउन, नेपालमा आपत् विपत् पर्दा सहयोग गर्न एनआरएनए अमेरिकाले नेपाली राजदूतावाससँग सहकार्य गरिरहेको छ ।
महामहिम राजदूत प्रा. डा. श्रीधर खत्रीले एनआरएनए अमेरिकाले कोभिडको महामारीमा गरेका कामको सह्राना गर्नु भयो । उहाँले भन्नु भयो “यस्तो सहयोग मेरो कार्यकालमा पनि हुने छ भन्ने मैले विश्वास लिएको छु ।” उहाँले अमेरिका र नेपाल बिच दोहोरो कर प्रणालीको विषयमा अध्ययन गरेर काम अगाडि बढाउन राजदूतावास तयार रहेको जानकारी गराउनु भयो । साथै आफ्नो तर्फबाट पनि सहयोग हुने विश्वास दिलाउनु भयो । फिफ्टाको विषयमा समीक्षा र परिमार्जन गर्न आग्रह भएको चर्चा गर्दै आवश्यक सरसल्लाह र परामर्श पछि त्यसलाई अगाडि बढाउन राजदूतावासले भूमिका खेल्ने उल्लेख गर्नु भएको छ । युवा र विद्यार्थीका विषयमा एनआरएनए अमेरिकासँग मिलेर काम गर्न महामहिम राजदूत प्रा. डा. श्रीधर खत्रीले इच्छा जाहेर गर्नु भयो । राजदूत खत्रीले तत्काल सेवा प्रदान गर्नु पर्ने क्षेत्रलाई चुस्त बनाउन, गफगाफ र सभा सम्मेलन भन्दा आधारभूत र प्रतिफलमुखी काम गर्नु पर्छ भन्ने आफ्नो सोच र स्वभाव रहेको बताउनु भएको छ । गैर आवासीय नेपालीहरूसँग आफू र राजदूतावासका अधिकारीहरू सिधा सम्पर्कमा रहेर काय गर्ने प्रतिबद्धता समेत जाहेर गर्नु भयो ।
अमेरिका स्थित नेपाली राजदूतावासमा आएर पदभार सम्हाल्नु भएको उपलक्षमा स्वागत र सम्मानमा आयोजना गरिएको भर्चुअल कार्यक्रममा एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदीले महामहिम राजदूत प्रा. डा. श्रीधर खत्रीलाई स्वागत गर्दै सफल कार्यकालका लागि शुभकामना दिनु भएको छ । एनआरएनए अमेरिकाले नेपाल, नेपाली र गैर आवासीय नेपालीहरूका लागि संस्थागत रूपमा गरिरहेका काममा नेपाली राजदूतावास र राजदूतावासका अधिकारीहरूले गर्नु भएको सहयोगको सह्राना गर्नु भयो । कोभिड महामारीको समयमा गैर आवासीय नेपाली सङ्घ अमेरिकाले अमेरिकाको सेक्रेटरी अफ डिफेन्स अन्तरगत युटाह नेशनल गार्डको सहयोगमा तीन करोड रुपैयाँ भन्दा बढिको स्वास्थ्य उपकरण र सामाग्री नेपाल पठाउँदा नेपाली राजदूतावासका अधिकारीहरूले गर्नु भएको सहयोग लगायत थुप्रै विषयमा भएका सहकार्यको अध्यक्ष सुवेदीले चर्चा गर्नु भयो ।
वैदेशिक लगानी फरेन डाइरेक्ट इन्भेस्टमेन्ट (एफडीआई) मा पहिला एक करोडको लगानी गर्न मिल्ने थियो । त्यसलाई बढाएर अहिले ५ करोड पुराईएको छ ।अध्यक्ष सुवेदीले पहिलाकै लगानी दरमा फर्काउन सके नेपालमा लगानी गर्नेहरूको सङ्ख्या बढ्न सक्ने सम्भावना रहेको उल्लेख गर्दै राजदूत खत्रीको ध्यान आकृष्ट गराउनु भयो । फरेन इन्भेस्टमेन्ट टेक्नोलोजी ट्रास्फर एक्ट (फिफ्टा) को स्क्याजुल १ मा गैर आवासीय नेपालीहरूले पनि त्यसमा लगानी गर्न नपाउने उल्लेख गरिएको छ । अध्यक्ष सुवेदीले त्यसमा परिमार्जन गरी गैर आवासीय नेपालीहरूले लगानी गर्न पाउने व्यवस्था मिलाउनका लागि नेपाल सरकारसँग पहल गर्न राजदुतावासलाई आग्रह गर्नु भयो ।
अमेरिकी सरकारले कर छुट दिएका सामाग्रीहरूको छुट अवधि सकिएको र नवीकरणका लागि दुई देश बिच काम अगाडि बढाउन राजदूतावासको ध्यान आकृष्ट गराउनु भएको छ । दोहोरो कर प्रणालीको अन्तका लागि दुई देश बिचमा काम हुनु पर्ने विषयमा अर्थ मन्त्री, अर्थ सचिव र नेपाल राष्ट्र बैङ्कका गभर्नरसँग अन्तरक्रिया गरिएको उल्लेख गर्दै उहाँहरूकै सल्लाह बमोजिम एनआरएनए अमेरिकाले एउटा समिति नै बनाएर काम अगाडि बढाइरहेको बताउनु भयो । यसका सबै पक्षमा अध्ययन गरी काम अगाडि बढाउन नवनियुक्त राजदूत र राजदूतावासको सहयोग अपरिहार्य हुने छ भन्नु भयो ।
कार्यक्रममा अमेरिका स्थिति नेपाली राजदूतावासका डेपुटी चिफ अफ मिसन कुमार खरेल, होमकान्त भण्डारी सहभागी हुनु भएको थियो । महावाणिज्य दूत प्रेमराजा महत, सल्लाहकार मञ्जु सङ्ग्रौला, बरिष्ठ उपाध्यक्ष कृष्णजिवी पन्त, महिला उपाध्यक्ष दिक्षा बस्नेत, युवा संयोजक त्रिभुवन पाण्डे, पश्चिम क्षेत्रीय संयोजक श्रीराम थापा, विसकनसिन च्याप्टर सभापति दीपक थापाले महामहिम राजदूत प्रा. डा. श्रीधर खत्रीलाई स्वागत गर्दै सफल कार्यकालका लागि शुभकामना दिनु भयो । कार्यक्रम सचिव अनुप खनालले सञ्चालन गर्नु भएको थियो । कार्यसमितिका पदाधिकारी, बोर्ड अफ डाइरेक्टर, च्याप्टर सभापति, टास्कफोर्सका चेयर, सल्लाहकार ज्यूहरू कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो ।
धन्यवाद
तोया दाहाल
प्रवक्ता, गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिका
मिति: मार्च १७ तारिक २०२२

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result