दूरबिन संवाददाता
अमेरिका ।
कोरोना भाइरसका कारण जीवन गुमाउने र सङ्क्रमित हुनेको संख्या सानफ्रानसिस्को बे एरियामा बढ्दो क्रममा छ । बिहीबार दिउँसोसम्म सानफ्रानसिस्को बे एरियामा ९ जनाको ज्यान गएको पुष्टि भएको छ । थप १४ जना अस्पतालको आइसीयूमा छन् । बिहीवार दिउसो ३ बजेसम्म सानफ्रानसिस्को बे एरियामा कोरोना संक्रमितको संख्या ५ सय भन्दा बढिमा फेला परेको यस क्षेत्रका काउन्टीकामा रहेका जनस्वास्थ्य विभागले सार्वजनिक गरेको तथ्याङ्कले नै पुष्टि गर्छ ।
सान्तक्लारा काउन्टीमा कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ भने १ सय ९२ जना संक्रमित भएका छन् । सानहोजे प्रहरीका केही अफिसरहरुमा समेत कोरोनाको संक्रमण देखिएको छ । सबै भन्दा दुखद पक्ष यहा के छ भने बे एरियामा कोरोनाको संक्रमण युवा पुस्तामा बढि देखिएको छ । वे एरिया र आसपासका अरु काउन्टीहरुमा पनि यो भाइरसका कारण ज्यान गुमाउने र मृत्यु हुनेको संख्या धेरै नै बढेको छ ।
सानमाटियो काउन्टीमा एक जनाको मृत्यु भएको छ भने कोरना संक्रमितको आज थप ११ जनामा पुष्टि भइसकेको छ । सानमाटियो काउन्टीमा संक्रमितको संख्या ९१ पुगेको छ । सानफ्रानसिस्को काउन्टीमा आज थप १९ जनामा जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । सानफ्रानसिस्को काउन्टीमा ७० जनामा कोरोनाको संक्रमण देखिएको छ ।
आज मात्रै सानहोजे नजिकैको अर्को काउन्टी सानबनितोमा एक जनाको मृत्यु भएको छ भने ५ जना संक्रमितहरु अस्पतालमा उपचाररत छन् । त्यस्तै कन्ट्राकोष्टा काउन्टीमा आज मात्रै थप ४ जनामा कोरोना देखिएको छ । यो काउन्टीमा ४३ जनामा संक्रमण पुष्टि भएको छ । अलमेडा काउन्टीमा आज मात्रै थप ८ जनामा संक्रमण पुष्टि भइसकेको छ । अलमेडामा कोरोना सङ्क्रमितको संख्या ३५ पुगेको छ ।
मरिन काउन्टिमा १५, सलनो काउन्टीमा थप २ जनामा कोरोना संक्रमणको पुष्टि भइसकेको छ । सलनो काउन्टीमा संक्रमितको संख्या १० पुगेको छ । सोनामा काउन्टीमा पनि थप दुई जनामा देखिएको छ । संक्रमितको संख्या ८ पुगेको छ । सान्ताक्रुज काउन्टीमा १४ जना संक्रमित फेला परेका छन् । मन्टरे काउन्टीमा ४ जना संक्रमित फेला परेका छन् ।
बे एरियाको पूर्वीभागमा रहेको सेन्ट्रल भ्यालीमा पनि कोरोना भाइरसका कारण ज्यान गुमाउने र संक्रमित हुनेको संख्या बढ्दो छ । सेन्ट्रलभ्यालीमा दुई जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ भने थुप्रै संक्रमित फेला परेका छन् । सेन्ट्रल भ्यालीका सहरहरू स्टक्टन, मधेस्तो, फ्रेस्नो र ट्रेसीमा पनि कोरोना भाइरस सङ्क्रमितहरूको उपचार भइरकेको छ ।
एजेन्सीहरूको सहयोगमा ।







प्रतिक्रिया लेख्नुहोस्:-