Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

न्युयोर्कमा २४ घण्टामा मृतकको संख्या चार गुणा

चैत्र ७, २०७६ २:१५ मा प्रकाशित
न्युयोर्कमा २४ घण्टामा मृतकको संख्या चार गुणा
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क

न्युयोर्कमा कोरोना भाइरसबाट मृतकको संख्या ह्वात्तै बढेको छ । पछिल्लो अपडेट अनुसार न्युयोर्कमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ४२ पुगेको वल्र्ड ओ मिटर डट इन्फोले जनाएको छ । सो वेव साइडका अनुसार न्युयोर्कमा अहिलेसम्म पाँच हजार सात सय ११ बिरामी छन । विहिवारमात्र तीन सय ४४ जना नयाँ बिरामी थपीएका छन । विहिवार साँझसम्म न्युयोर्क मेयर कार्यालयले भने एकै दिन १५ जना भन्दा धेरैको ज्यान गएको जनाएको थियो । न्युयोर्कमा बुधबार साँझसम्म कोभिड १९ बाट मर्नेहरुको संख्या ११ बताइएको थियो तर जोन हप्किन्स विश्वविद्यालयले गरेको अपडेट अनुसार न्युयोर्कमा मृतकको संख्या ३४ बताइएको छ ।

सो विश्वविद्यालयका अनुसार न्युयोर्कमा संक्रमितको संख्यापनि पांच हजार तीन सय ६५ रहेको छ । न्युयोर्कको मेयर कार्यालयले जनाए अनुसार विहिवार साँझसम्म न्युयोर्कका पाँचवटै बोरोहरुमा कोरोनको संक्रमण अत्यधिक फैलिएको छ । न्युयोर्कको सबैभन्दा धेरै प्रभावित ब्रुकलिनमा मात्रै ११ सय ९५ जना संक्रमित भएका छन भने क्वीन्समा एक हजार ४२ बिरामी भेटिएका छन । त्यसैगरि म्यानहाटनमा एक हजार ३८ जनामा कोरोनाको संक्रमण देखिएको छ । त्यसै गरी ब्रङ्समा चार सय ९६ जना र स्टेटन आइल्याण्डमा एक सय ७९ जना कोरोनाका विरामी रहेका छन ।

नेपालीहरुको अत्यधिक बसोबास रहेको क्वीन्समा हजार बढी बिरामी

न्युयोर्कको क्वीन्स नेपालीहरुको अत्यधिक बसोबास भएको क्षेत्र हो । सो क्षेत्रमा पनि कोरोनाका बिरामीहरु एक हजार ४२ जना रहेका छन । अहिले सम्म कुनैपनि नेपालीलाई कोरोना भाइरसले संक्रमित बनाएको बाहिर आएको छैन । तर कुनैपनि बिरामीको नाम सार्वजनिक नगरिने हुंदा नेपालीहरु संक्रमित नै नभएको भन्ने ठम्याउन कठिन छ । २२ लाख जनसंख्या भएको क्वीन्समा धेरै दक्षिण एशीयाली मुलका मानिसहरु बसोबास गर्दछन ।

विहिवार नै नियमित जानकारी गराउंदै न्युयोर्कका मेयर बिल डे ब्लाजिओले अवस्था झन गम्भीर बन्दै गएकोले संघीय सरकारको सहयोग आवस्यक रहेको बताएका थिए । केहि दिन अघि मेयर ब्लाजिओले न्युयोर्कमा कोरोना भाइरसको फैलावट रोक्न पुरै सीटीलाई लकडाउन अर्थात सेल्फ सेल्टर घोषणा गर्न गभर्नर एण्ड्रु कुमोलाइ आग्रह गरेका थिए । तर गभर्नर कुमोले पुरै सिटीलाइ नै लकडाउन गर्दा अत्यावस्यक सेवा प्रदान गर्न कठिन हुने भन्दै मेयरको प्रस्ताव अस्वीकार गरेका थिए ।

विश्वभरी आतंक मच्चाइरहेको कोरोना भाइरसबाट लाग्ने रोग कोभिड १९ का बिरामीहरु न्युयोर्क तिब्र गतिमा बढिरहेका छन । न्युयोर्क अघोषित लकडाउन जस्तै छ । न्युयोर्कका रेल स्टेशनहरुमा मानिसहरु निकै कममात्र छन । मानिसहरु जमघट हुने स्थानहरु पनि सुनसान प्राय देखिन्छन । कोरोना भाइरसबाट विहिवार सम्म अमेरिकामा १४ हजार दुई सय ९९ संक्रमित भएका छन भने मृतकको संख्या दुइसय १८ पुगीसकेको छ । विश्वभरी एक सय ६० मलुकमा अहिलेसम्म कोरोना भाइरसका दुई लाख ४२ हजार सात सय २६ जना बिरामी छन भने ती मध्ये नौ हजार आठ सय ७० जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result