काठमाडौं । चर्चित अभिनेतृ पियंका कार्की नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबारमा मुछिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीसँग सोधपुछ गरेको छ।
सीआईबीले कार्कीलाई कार्यालयमा नै बोलाएर आइतबार सोधपुछ गरेको बताइएको छ। विज्ञापनमा उनको तस्बिर दुरुपयोग भएको हो या होइन भन्ने बुझ्न कार्कीसँग सोधपुक्षका लागि बोलाएको सीआईबीले बताएको छ।
नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी गैरकानुनी रहेको बताउँदै त्यस्तो कार्यमा संलग्न रहेको पाइए कारबाही हुने चेतावनी दिँदै आएको छ। पछिल्लो समय धेरै नेपालीहरु यसमा लगानी गरेको अनुमान गरिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-