दूरबिन संवाददाता
२० मार्च २०२० अमेरिका ।
कोरोना भाइरसका कारण जीवन गुमाउने र संक्रमित हुनेको संख्या अमेरिकामा बितेका दुई दिनमा दोब्बर वृद्धि भएको छ । शुक्रबार रातिसम्म अमेरिकामा कोरोना भाइरसका कारण २ सय ६४ ले जनाको मृत्यु भएको छ । थुप्रै प्रहरी अधिकृत, दुई जना सभासद, एक जना मेयर र केही संख्यामा हलिउडका कलाकार र खेलाडी समेत १९ हजार ६ सय ४८ जना कोरोनाबाट संक्रमित भएका छन् । अरु सयौँ मानिसहरुमा परिक्षण र अनुसन्धान जारी छ ।
अमेरिकामा सवै भन्दा पहिला धेरै जनामा फैलिएको वासिङ्टन स्टेटमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८३ पुगेको छ । दोस्रो बढि प्रभावित न्यूयोर्कमा ४६ जनाले ज्यान गुमाएका छन् । क्यालिफोर्नियामा २५, लुजियानामा १४, जर्जियामा १४, फ्लोरिडामा ११, न्युजर्सीमा ११ , टेक्ससमा ५, साउथ क्यारोलिना ५, इलेनोइज ५ ,कोलोराडो ४, कनेक्टिकट ४, मिजौरी ४, ओहायो ४, इन्डियाना ३, विस्कन्सिनमा ३, ओरेगनमा ३, मेरिल्याण्ड ३, भर्जिनिया २, केन्टकी २, मिचिगन ३, नेभाडा २, भेरमोन्ट २, कन्सास १ पेन्सलभेनिया १, र साउथ डेकोटामा एक जनाको मृत्यु भएको पुष्टि भएको छ ।
यो समाचार तयार पार्दासम्म न्यूयोर्कमा ४६ जनाले ज्यान गुमाएका छन् भने अरु २० जनाको अवस्था गम्भिर रहेको छ । न्यूयोर्कमा ८ हजार ४ सय जना कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भइसकेको छ । अमेरिकामा पछिल्लो समयसवै भन्दा बढि कोरोनाको संक्रमण न्यूयोर्क राज्यमा देखिएको छ ।
अमेरिकाको पश्चिम उत्तरमा रहेको वासिङ्टन स्टेटमा ८३ जनाले ज्यान गुमाइसकेका छन् भने अरु १५ सय २४ जनामा कोरोनाको संक्रमण देखिएको छ ।








प्रतिक्रिया लेख्नुहोस्:-