Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

न्यूयोर्कमा कोरोना आतङ्क : ११५ को मृत्यु १६ हजार संक्रमित

चैत्र ९, २०७६ ११:३९ मा प्रकाशित
न्यूयोर्कमा कोरोना आतङ्क : ११५ को मृत्यु १६ हजार संक्रमित
Share on FacebookShare on Twitter

दूरबिन संवाददाता, अमेरिका । २२ मार्च २०२० –


अर्थतन्त्र र सेयर बजारको विश्वकै राजधानी मानिने न्यूयोर्क अहिले विश्वमै कोरोना भाइरसको सर्वाधिक संक्रमित सहर बन्न पुगेको छ । न्यूयोर्कमा पछिल्ला दुई दिनमा ६ हजार कोरोना संक्रमित फेला पर्दा कुल संक्रमित संख्या १६ हजार नाघेको केही सन्चार संस्थाहरूले जनाएकाछन् । यही भाइरसका कारण मृत्यु हुनेको संख्या पनि दुई गुणा बढेको छ । आइतबार दिउँसोसम्म न्यूयोर्क सहरमा नै १ सय १५ जनाको  ज्यान गएको छ ।

न्यूयोर्क राज्य सरकारको आधिकारिक वेबसाइटमा भने मृत्यु हुने र संक्रमित हुनेको संख्या केही कम देखिन्छ । न्यूयोर्क राज्यमा ६२ हजारमा गरिएको परीक्षणबाट १५ हजार ६८ जनामा संक्रमण फेला परेको हो । कतिपय पछिल्ला परिक्षण नतिजाहरू यसमा समावेश छैनन् । जसका कारण समाचारहरूमा बाहिर आएको तथ्याङ्क र न्युयोर्क राज्यको वेबसाइटमा राखिएको तथ्याङ्कमा सानो अन्तर देखिएको छ ।  अमेरिकाका प्रभावशाली पत्रिका र अनलाइनहरूले  न्युयोर्क विश्वमै सवै भन्दा द्रुत गतिमा कोरोना संक्रमित सहर वन्न पुगेको जनाएका छन् । कोरोना भाइरसका बारेमा न्यूयोर्क टाइम्सले सार्वजनिक तथ्याङ्कहरूलाई तुलना गर्दै न्यूयोर्कमा विश्व कै ५ प्रतिशत भन्दा बढि कोरोना संक्रमित रहेको समाचार प्रकाशित गरेका छ ।   


न्युयोर्कको छिमेकी राज्य न्युजर्सीमा समेत कोरोना भाइरसले मृत्यु र  संक्रमित हुनेहरुको संख्या वृद्धि भएको छ । न्यु जर्सीका २१ वटा काउन्टीमा फैलिएको कोरोना भाइरसले २० जनाको ज्यान लिइसकेको छ भने करिव २ हजार संक्रमित भएका छन् ।
अमेरिकामा सबै भन्दा पहिला धेरै जनामा फैलिएको वासिङ्टन स्टेटमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९४ पुगेको छ । न्युयोर्कमा कोरोना संक्रमण भयावह रुपमा बढे पछि अहिले वासिङ्टन दोस्रो बढि प्रभावित राज्य बन्न पुगेको छ  । तेस्रो बढि संक्रमित राज्यको रुपमा रहेको क्यालिफोर्नियामा २९ जनाले ज्यान गुमाउनुका साथै १६ सय संक्रमित पुष्टि भएको छ ।
जर्जिया चौथो बढि प्रभावित राज्य बन्न पुगेका छ । जर्जियामा २३ जनाको मृत्यु भइसकेको छ भने ६ सय भन्दा बढि संक्रमित देखिएका छन् ।

 लुजियानामा २० जनाको मृत्यु भएको छ भने ८ सय भन्दा बढिमा संक्रमण पुष्टि भएको छ । फ्लोरिडामा १३ जनाको ज्यान जानुको साथै ८ सय भन्दा बढिमा संक्रमण रहेको छ । मिचिगन राज्यमा एक हजार भन्दा बढिमा संक्रमण देखिएको छ भने ११ जनाले ज्यान गुमाइसकेका छन् ।  इलेनोइजमा ९ जनाको कोरोना भाइरसका कारण ज्यान गएको छ ।
जनसंख्याको हिसाबले दोस्रो ठुलो राज्य टेक्सासमा ६ जनाको कोरोना भाइरसका कारण ज्यान गएको छ  साथै ६ सय २० जना संक्रमित भएका छन् । ,कोलोराडो ६, अर्कन्सास ६, कनेटिकट ५ , इन्डियाना ५, मिजौरी ५, विसकन्सिन ४, पेन्सलभेनिया ४, वरेगनमा ४, मेरिल्याण्ड ३ , ओहायो ३,साउथ क्यारोलिना ३, भर्जिनिया ३, केन्टकी ३, नेभाडा २, एरिजोना २, भेरमोन्ट २, कन्सास २ र साउथ डेकोटामा एक जनाको मृत्यु भएको पुष्टि भएको छ । 


आइतबार दिउसो सम्म अमेरिकामा कोरोना भाइरसका कारण ४ सय १६ जनाको मृत्यु भएको छ । केन्टकी राज्यका सिनेटर पाउल, अरु दुई राज्यका हाउस अफ रेप्रिजेन्टेटिभ, एक जना मेयर, थुप्रै प्रहरी अधिकृत, र केही संख्यामा हलिउडका कलाकार र खेलाडि समेत करिब  ३३ हजार मानिस अमेरिकामा कोरोनाबाट संक्रमित भएका छन् । अरु सयौ मानिहरुमा परिक्षण र अनुसन्धान जारी छ । कोरोना भाइरस संक्रमित संख्याको हिसाबले अमेरिका विश्वको तोस्रो मुलुक बन्न पुगेको छ । 


काम र अवसरको खोजीमा विश्वभर छरिएर रहेका नेपालीहरू पनि छिटपुट रुपमा कोरोनाबाट संक्रमित भएका खवर आउन थालेका छन् । संक्रमित संख्या धेरै नभएपनि हिँडडुल गर्न र बाहिर निस्कन नसक्ने परिस्थितिका बन्दै गएका कारण थुप्रै नेपालीहरूले यसको मार खेपिरहेका छन् । सङ्कटको यस घडिमा अप्ठ्यारोमा रहेका नेपालीहरूलाई सहयोग गर्न केही मनकारी नेपालीहरू अग्रसर भएका छन् । नेपाली जनसम्पर्क समिति वेष्ट टेक्सासले  त्यस क्षेत्रमा रहेका विद्यार्थी र समस्यामा परेका नेपालीहरूलाई आवश्यक परेमा दाल ,चामल नुन उपलब्ध गराउने जनाएको छ । सहयोग उपलब्ध गराउन त्यस क्षेत्रमा सक्रिय नेपाली अभियान्ताहरु केदार तिमिल्सिना, नारायाण अधिकारी, अमृत कटेल, नवीन वस्नेत, प्रविण घिमिरे, रामराज पोखरेल, विजयमान श्रेष्ठ, प्रेम पाठक, राजू लामा र हरी ढकाल लागिपरेका छन् । 

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result