काठमाडौं । नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिने निर्णय गरेको छ । बुधबार काठमाडौंमा बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत दिने निर्णय गरेको हो।
बैठकले मुख्यमन्त्री जम्मकट्टेललाई नै विश्वासको मत दिएर अघि बढ्ने निर्णय भएको कांग्रेस बागमती संसदीय समितिका सचेतक कुन्दनराज काफ्लेले जानकारी दिए। कांग्रेसको निर्णयपछि अब आउँदो १० गते शुक्रबार विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-